मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

इन्टरपोलको सहयोगमा १६ वर्षपछि समातिए कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

फाल्गुन २५, २०७८

फागुन २५, २०७८
पर्वत : कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई घटना भएको १६ वर्षपछि इन्टरपोलको सहयोगको पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार कास्कीको पोखरा महानगरपालिका–३२ का अशोक गुरुङले २०६३ साल वैशाख २९ गते घटना घटाएका थिए । सुनसरीको धरान घर भई पोखरा महानगरपालिका–३२ सात मुहाने स्थित खुदिखोलामा ग्याबिन जाली भर्ने काम गरिरहेका २० वर्षिय रोजन राईलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते राईको उपचारको क्रममा २०६३ साल जेठ दुई गते मृत्यु भएको थियो ।
शङ्का गरिएका ४६ वर्षिय गुरुङलाई पक्राउ गर्नको लागि कास्की जिल्ला अदालतबाट गत असोज छ गते अनुमति लिइएको थियो । प्रतिवादी अशोकलाई पक्राउ गर्नको लागि नेपाल प्रहरीले असोज १२ मा इन्टरपोल शाखामा ‘रेड नोटिस’ जारी गर्ने लगायतको लागि पक्राउ अनुमति पठाएको थियो । सोही अनुसार गत मङ्सिर २७ मा इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरेर उनको खोजी भएको थियो । घटनामा संलग्न गुरुङ घटनापश्चात् २०६३ सालमा वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएको थाहा पाएपछि कास्की प्रहरीले उनी विरुद्ध अन्तर्राष्ट्रियस्तरमा पनि खोजतलास सुरु गरेको थियो ।
डिएसपी तिवारीका अनुसार अशोकलाई सुपुर्दगी मार्फत नेपाल झिकाई कानुन बमोजिम कारबाही गर्नको लागि कास्की जिल्ला अदालतबाट मिसिल प्रमाणित गरेर इन्टरपोल शाखामा पठाइएको थियो । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौँ ल्याएर राखेको थियो ।
हिजो नै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गुरुङलाई महानगरीय प्रहरी वृत्तबाट बुझेर कास्की ल्याएको हो। उनलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।
त्यो बेलाको लास जाँच मुचुल्कामा राईको दायाँ हातको कुम र पाखुरामा छाला खुइलिएको र घस्रिएको चोट तथा टाउकाको बायाँ तर्फ १३ वटा टाँका लगाएको चोट भएको भन्ने उल्लेख छ । पोस्टमार्टम प्रतिवेदनमा टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको लेखिएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive