मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

पार्टी सभापति जोशीद्वारा मृतकको घरमै पुगेर परिवारलाई सान्त्वना

फाल्गुन २६/ पर्वत कुश्मा नगरपालिका-१३, खौलालाकुरी निवासी नेपाली काङ्ग्रेसका क्रियासिल सदस्य लक्ष्मी प्रसाद चालिसे को निधनले नेपाली काङ्ग्रेस, पर्वत मर्माहत भएको भन्दै नेपाली काङ्ग्रेस पर्वतका पार्टी सभापती युवराज जोशिले परिवारका सदस्यलाई भेटेर सान्त्वना दिदै मृतकको परिवारजनमा गहिरो समबेदना प्रकट गर्नुभएको छ ।

सभापति जोशिले २०७८ फाल्गुन १६ गते निधन हुनुभएका चालिसेको बैकुण्ठ वासको कामना पनि गर्नुभएको छ । खौलालाकुरी घरमै पुग्नुभएका जोशी संग पार्टी उपसभापति डा. चुडामणि शर्मा, कुश्मा नगर सभापती किशोर भण्डारी, वार्ड नम्बर १३ का पार्टी सभापति राम बहादुर नेपाली, नेपाल प्रेस युनियन बाग्लुङ का जिल्ला सदस्य रामशरण पोख्रेल लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा पार्टी सभापति युवराज जोशिले उपस्थित स्थानियहरु संग त्यहाँको बिकाश निर्माणका बिषयमा छलफल गर्नुभएको थियो । सभापति जोशी पर्वते जनता सामु भाषण र बोल्ने भन्दानी काम गरेर मन जित्न सिपालु नेताको रुपमा चिनिनुहुन्छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive