बुधबार, माघ २, २०८१
Wednesday, January 15, 2025

प्रचण्ड माधवले गठबन्धनको गायत्री मन्त्र घोकिरहेका छन् : ज्ञवाली

फागुन २८, २०७८
पर्वत : नेकपा एमालेको उपमहासचिव तथा पार्टी स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीले चुनावसँग डराएर प्रचण्ड र माधव कुमार नेपालले गठबन्धनको गायत्री मन्त्र घोकिरहेको बताएका छन्।
नेकपा एमाले पर्वतको आयोजनामा शनिवार बिहान आयोजित नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रममा बोल्दै उनले गठबन्धनबिना आउँदो स्थानीय तहको निर्वाचनमा जाँदा आफूहरू सकिने भएका कारण बिहान बिहान बिहानै उठेर गठबन्धनको मन्त्र बोल्ने गरेको बताएका हुन्। ‘प्रचण्ड र माधव नेपालले काँग्रेससँग टाँसिएर निर्वाचनमा जान बिहान उठेदेखि बेलुकासम्म पनि गठबन्धनको गायत्री मन्त्र घोकिरहेका छन्। दिनदिनै उनीहरूको पार्टी उदाङ्गो हुँदै गएका छन्,’ उपमहासचिव ज्ञवालीले भने, ‘पहिले त चुनाव गराउनै खोजेनन्, निर्वाचन आयोग, एमाले र काँग्रेसका केही नेताले समयमै निर्वाचन गर्न दबाब दिएपछि निर्वाचनमा जानै पर्ने बाध्यतामा परे। तर गठबन्धनबिना गए सकिन्छौँ भनेर मन्त्र घोकेका छन्।’
एमाले १० दलीय गठबन्धनसँग भिड्न समेत तयार रहेको अवस्थामा पाँच दलीय गठबन्धन सामान्य कुरा भएको र त्यो गठबन्धनले एमालेको एकता झनै बलियो हुने उनको भनाई छ। चुनावसम्मै गठबन्धन रहेमा गठबन्धनभित्रकै दलहरूको अविश्वासले कार्यकर्ताले असर पार्दा त्यसको फाइदा पनि एमालेले नै लिने ज्ञवालीले बताए। ‘पाँच दलीय होइन की हामीहरू त १० दलीय गठबन्धनसँग पनि भिड्न तयार छ। उनीहरूको गठबन्धनले हामीमा एकता हुन्छ,’ उनले भने, ‘बरु त्यही गठबन्धनमा अविश्वास छ, जसले कार्यकर्ताहरूले पनि भने अनुसार नगर्दा त्यसको फाइदा पनि एमालेलाई नै हुन्छ।’
आफ्नो बोलाइमा काँग्रेससँग भन्दा पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति आक्रोशित देखिएका नेता ज्ञवालीले एमसीसी पास गर्ने बेलामा प्रचण्डले निर्वाह गरेको भूमिकाप्रति असन्तुष्टि जनाए। पार्टी र पद जोगाउन गठबन्धनबाट बाहिरिन नसक्नेले भित्र काँग्रेससँग मिलेर बाहिर कार्यकर्ता उफारेर सडकका रुख र सडक भत्काउनु गलत भएको बताए। ‘गठबन्धन जोगाउन काँग्रेससँग टाँसिनुपर्ने, भित्र बसेर एमसीसी पास गरौँ ठिक भन्ने, बाहिर कार्यकर्ता उफारेर एमसीसी बेठीक भन्दै सडकको ढुङ्गा उक्काउने, रुख भाँच्ने?’ ज्ञवालीले थपे, ‘फेरि एमसीसी पास भएकै भोलिपल्ट धन्न देश जोगाइयो अरे ! पास गर्नु नै रैछ त सडक भत्काउनु किन परेको? आजको राष्ट्रघाती एमसीसी भोलिपल्टै फेरि राष्ट्रवादी कसरी बन्यो?’
आउँदो स्थानीय तहको निर्वाचनले राष्ट्रिय राजनीति कता जान्छ भन्ने कुराको निधो गर्ने उल्लेख गरे। अहिले देशमा एमाले र गठबन्धनबिच दुई धार देखिएको र एमाले राष्ट्रवादमा रहेको अवस्थामा कुन खालको राजनीति ठिक हो भन्ने कुरा स्थानीय तहको निर्वाचनमा खस्ने मतबाट थाहा हुने उनको भनाई छ।
चुनावका सन्दर्भमा पर्वतका नेता तथा कार्यकताहरुले निर्देशन दिँदै उनले अब सुताइको घण्टा घटाएर पार्टीको काममा लाग्न सुझाए। कम सुतेर भए पनि गठबन्धनका विरुद्ध एमालेलाई विजयी बनाउनुपर्ने भन्दै उनले तराई सहितका ठाउँमा एमालेको जनलहर आएकाले स्थानीय तहको निर्वाचन एमालेको पक्षमा आउने दाबी गरे। माओवादीबाट मेयर बनेका तथा अघिल्लो निर्वाचनमा तेस्रो पार्टी बनेकाहरू नै एमालेमा प्रवेश गर्नुले एमालेको सच्चा राजनीतिमा जनताको आकर्षण बढेको ज्ञवालीको भनाई छ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive