शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

प्रदेश स्तरीय सेभेन ए साइडको प्रवर्द्धन गर्न मैत्रीपूर्ण सेभेन ए साइड

फाल्गुन २८, २०७८

संजय रेग्मी
फागुन २८, २०७८
पर्वत : पर्वतको कुश्मामा आउँदो चैत २२ गतेबाट हुने प्रदेश स्तरीय सेभेन ए साइड फूटबलको पूर्व सन्ध्यामा मैत्रीपूर्ण सेभेन ए साइड फूटबल प्रतियोगिता सम्पन्न भएको छ।
प्रदेश स्तरीय फूटबलको आयोजना गरेको कुश्मा स्पोर्टस क्लबले प्रदेश स्तरीय प्रतियोगिताको प्रचार र प्रबद्र्धन गर्नको लागि कुश्मा स्थानीय इच्छुकहरुको बीचमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो। आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठका अनुसार शनिवार बिहान आयोजक सहित अप्सन जक्सन समूह र पूर्व फूटबल खेलाडीहरुको प्रौढ समूह गरी तीन समूहबिच प्रतिस्पर्धा गराइएको हो। जसको बिजेता आयोजक कुश्मा स्पोर्टस क्लब नै भएको छ।
लिग चरणको आधारमा खेलाइएको खेलमा कुल तीन खेलहरु भएका थिए। जसमा पहिलो खेल आयोजक कुश्मा स्पोर्टस क्लब र अप्सन जक्सन समूहबिच खेल भएको थियो। उक्त खेलमा आयोजक क्लबले अप्सन समूहलाई एकका बिरुद्ध दुई गोलले पाखा लगायो। दोस्रो खेलमा आयोजक कुश्मा स्पोर्टस क्लब र प्रौढ खेलाडीबिच भएको खेलमा बराबरी भएको थियो।
यस्तै तेस्रो तथा अन्तिम खेलमा आयोजक कुश्मा स्पोर्टस क्लब र अप्सन जक्सन क्लबबिच भएको खेलमा आयोजक क्लबले अप्सन समूहलाई फेरि पनि एकका बिरुद्ध दुई गोल गर्न सक्यो। यससँगै आयोजक कुश्मा स्पोर्टस क्लबले दुवै समूहलाई पराजित गर्दै मैत्रीपूर्ण खेलको बिजेता बनेको हो। यससँगै खेलको पुरस्कारको रुपमा राखिएको खसी आयोजकले नै हात पारेको छ।
खेलप्रेमी राम श्रेष्ठका अनुसार कुश्मा स्पोर्टस क्लबको आयोजनामा आउँदो चैत २२ देखि २६ गतेसम्म पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको छ।
कोभिड–१९ सङ्क्रमणको जोखिम न्यून हुँदै गएकाले खेल क्षेत्रलाई चलायमान बनाउने र खेलाडीहरूलाई पनि जागरूक बनाउने उद्देश्यले प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो । पर्वतमा रहेको खेल मैदानमा २०५८ सालमा सशस्त्र प्रहरी बलको गण राखिएपछि खेल मैदानको अभावमा रहेकोमा हालै मात्रै व्यवस्थित मैदान बनाएपछि प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने छन् । प्रदेशका सबै जिल्लाबाट कम्तीमा पनि एक टिम सहभागी गर्ने तयारी गरिएको र टिम पुगेमा एक भन्दा बढी पनि सहभागी हुन पाइने छ । नक आउटको आधारमा खेलाइने उक्त खेलमा कम्तीमा पनि २० समूहले प्रतिस्पर्धा गर्न सक्ने आयोजकको अनुमान छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive