मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

मोदी गाउँपालिकामा अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

फाल्गुन २९, २०७८

फागुन २९, २०७८
पर्वत : बाजुङ शैक्षिक प्रतिष्ठानको आयोजनामा पर्वतको मोदी गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगतामा सरस्वती माध्यमिक विद्यालय मोदी–५ बाजुङ प्रथम, नवजागृत माध्यमिक विद्यालय मोदी–६ तिलाहार दोस्रो, महेन्द्रशिखरी माध्यमिक विद्यालय मोदी–५ बाजुङ तेस्रो र नवज्योती थम माध्यमिक विद्यालय मोदी–१ भुक सान्त्वना बनेका छन्।
प्रथम, द्धितिय, तृतिय र सान्त्वना बनेका विद्यालयहरुले क्रमशः नगद छ हजार, चार हजार, दुई हजार र एक हजार रुपैयाँ सहित प्रमाणपत्र पनि पाएका छन् ।
मन बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमूख अतिथी मिलन डि.जी इन्टरनेशनलकी संरक्षक सावित्री कुमारी गुरुङ रहेकी थिइन्। विशिष्ट अतिथीहरुमा अभिभावक मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष देबी गुरुङ, गाउँ शिक्षा अधिकृत झक प्रसाद गौतम, बम बहादुर पौडेल, वडाध्यक्ष दल बहादुर मल्ल, कार्य समितीका कोषाध्यक्ष तथा आजीवन सदस्य डिल कुमारी गुरुङ, सदस्य तथा आजीवन सदस्य सावित्री के. सी. अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक लगायत रहेका थिए । कार्यक्रम संचालन सचिब तथा आजीवन सदस्य अमर अधिकारी, शिक्षक बिमल शर्मा र कोकिल पौडेलले गरेका थिए।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive