शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

लोक दोहोरी प्रतिष्ठान पर्वतले स्थापना दिवसमा खाद्यान्न सहयोग

फाल्गुन २९, २०७८

रामशरण पोख्रेल

फाल्गुन २९

पर्वत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वतले आफ्नो स्थापना एबम लोकदोहोरी दिवसको अवसर पारेर कुश्मा नगरपालिका-४, मा अवस्थित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालाका बटुकहरुलाइ खाद्यान्न बितरण गरेको छ ।

प्रतिष्ठानले ३ हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेको हो । केक काटेर, भब्य कार्यक्रम गरेर बार्षिकोत्सब मनाउनु भन्दा सामाजिक काम सहयोग गर्नु महान हुने भन्दै सहयोग गरिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वतका अध्यक्ष दिपक गदालले बताए । अहिलेसम्म पाठशालालाई यस्तै संघसस्थाहरु, पाठशाला संचालक समिती, नगरपालिका ले सहयोग गर्दै आइरहेको उक्त पाठशालाका प्रधानाध्यापक पद्मनारायण रेग्मीले बताए ।

अहिले पाठशालामा १५ जना बटुक बिद्यार्थी अध्ययनरत छन । राष्ट्रिय लाेक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वतका अध्यक्ष दिपक गदालको सभापतित्वमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमको स्वागत प्रतिष्ठान पर्वतकी काेषाध्यक्ष ज्ञानु शर्मा र कार्यक्रमको संचालन प्रतिष्ठान का गण्डकी प्रदेश उपाध्यक्ष आरसी पौडेलले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive