बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

काङ्ग्रेस पर्वतले शुरु गर्यो “घर घर जाऔं काङ्ग्रेस जिताऔं” अभियान

फाल्गुन २९, २०७८

रामशरण पोख्रेल

पर्वतमा “घर-घर जाऔं काङ्ग्रेस जिताऔं” अभियान आजदेखी सुरु भएको छ ।

अभियानको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम अभियानका लागि पर्वतकि संयोजक प्रतिमा गौतम ले उद्घाटन गरेकी थिइन । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयको परिपत्र अनुसार एकैसमयमा देशैभरी अभियानको सुरुवात गरिएकोमा पर्वतमा पनि सुरु गरिएको हो । अभियानको उद्घाटन गर्दै गौतमले घर- घर जाऔं काङ्ग्रेस लाई जिताऔं भन्ने अभियान आउँदो बैशाख ३० गतेको स्थानीय निर्वाचन लक्षित भएको बताइन् । गौतमले एकता उत्साह लाई कायम गरेर निर्वाचन लाई आफ्नो पोल्टामा पार्न अभियान सुरुवात गरिएको बताएकी छन । टोल टोलमा गएर घर घरमा पसेर जनताको मनमा बसेर मात्र चुनाब जित्न सकिने भएकाले घर घरमा गएर जनताका समस्यामा संगै हुनुपर्ने बताएकी छन ।

गौतमले एम्सिसिको बारेमा बोल्दै नेपाल जनताको सामान्य करबाट मात्रै चल्न नसक्ने भएकाले बिदेशी ऋण र एम्सिसी अनुदानले नेपाल ऋण मुक्त हुने र बिकाशको गति बढ्ने कुरा व्यक्त गरिन । पार्टीको अधिबेशनका बेला कुडिएको मनलाइ अब सुधारेर एकजुट भएर निर्वाचनमा लाग्नुपर्नेमा जोड दिइन । यस्तै नेपाली काङ्ग्रेस पर्वतका पुर्व पार्टी सभापति नवराज गुरुङ ले राजाको फोटो लाइब्रेरीमा थन्किएको जस्तै आउदो स्थानीय निर्वाचनमा नेकपा एमाले पनि त्यस्तै बन्न खोजिरहेको बताए । गुरुङले कम्युनिस्टहरु जहिले पनि गफाडी बन्न रुचाउने, आश्वासन देखाउने, भ्रम छर्ने काम मात्रै गर्ने भएकोले गफ र हल्लाको पछि नलाग्न आग्रह गरे ।

सो कार्यक्रमका अवसरमा पुर्व सासद ऋषिकेश तिवारी, पार्टीका गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछाने, जित बहादुर दर्जी, पार्टी जिल्ला सहसचिव अच्युत तिवारी र तिलक प्रसाद भुसाल, केन्द्रिय महाधिवेशन प्रतिनिधिको तर्फबाट लक्ष्मी मेडासी, राधा कुवर क्षेत्री, गङ्गाधर तिवारी, प्रदेश क बाट क्षेत्रीय सभापति राजकुमार क्षेत्री, प्रदेश ख बाट लक्ष्मी गौडेल, प्रदेश महाधिवेशन प्रतिनिधि चित्रकला भारती, कुश्मा नगरपालिका सभापति किशोर भण्डारी, बिहादी गाउपालिका सभापति बिष्णु भुसाल, वार्ड पार्टी सभापतीको तर्फबाट पण्डित बेनु प्रसाद भुर्तेल र चन्द्र बहादुर केसि, भातृ संघको तर्फबाट नेपाल दलित संघ पर्वतका अध्यक्ष याम बहादुर परियार (शिव), सुभेक्षुक संघको तर्फबाट नेपाल शिक्षक संघ पर्वतका उपाध्यक्ष गोबिन्द प्रसाद पोख्रेल लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली काङ्ग्रेस पर्वतका पार्टी सभापति युवराज जोशिको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नेपाली काङ्ग्रेस जिल्ला उपसभापति डा. चुडामणी शर्मा, धन्यवाद मन्तव्य पार्टी उपसभापति शिव प्रसाद सुवेदी र संचालन पार्टी सचीव अशोक उच्चै ठकुरी र गुप्तनिधी शर्माले गरेका थिए । सो अवसरमा कुश्मा नगरपालिका-१२ निवासि झलक रिमाल ले पार्टी कार्यालयको लागि एक थान कम्प्युटर र प्रीन्टर सहयोग गरेका थिए । यस्तै नेपाल तरुण दल कुश्मा नगरपालिका सभापति सुवर्ण अर्यालले कुश्मा नगरपालिका वार्ड नम्बर ११ को पार्टी कार्यालयलाई एक थान साउण्ड सिस्टम सहयोग गरेका थिए । सो कार्यक्रममा नेकपा एमाले परित्याग गरि काङ्ग्रेसमा प्रबेश गर्नेहरुलाइ स्वागत तथा सम्मान गरिएको थियोे ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive