बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

शिव मा.वि. फर्सेको ४५ औँ वार्षिकोत्सव सुरु

फाल्गुन ३०, २०७८

फागुन ३०, २०७८
पर्वत : पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा रहेको शिव माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४५ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रमहरु सहित सुरु गरेको छ।
फागुन २९ गतेदेखि चैत ४ गतेसम्म विद्यार्थीहरुकोबिचमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरी वार्षिकोत्सव कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लवजंग हमालले गर्नुभएको छ । वार्षिकोत्सवको विशेष समारोह हुने दिन आउँदो चैत पाँच गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आउने तय भएको छ । चैत पाँच गते कलाकारहरुको साँस्कृतिक प्रस्तुती सहितका कार्यक्रमहरु तय गरिएको पनि अध्यक्ष हमाललले जानकारी दिनुभयो ।
‘हाम्रो विद्यालय ४५ औँ वर्षमा प्रवेश गरेको छ, यो हामी सबैको गौरवको कुरा हो । विद्यालयको उन्नयनका लागि हामी निरन्तर प्रयासरत छौँ,’ उहाँले भन्नुभयो । ‘चैत ५ गते विशेष कार्यक्रमको आयोजना गरिएको छ । जहाँ प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र जी पनि सहभागी हुँदै हुनुहुन्छ ।’
विद्यालयका प्रधानाध्यापक रत्न बहादुर के.सी. का अनुसार वर्षिकोत्सवको विशेष दिनमा लोक तथा दोहोरी कलाकारहरु जिवन दाहाल, कृष्ण अखेली, गंगा पौडेल लगायतको सांगितिक प्रस्तुतीहरु पनि पस्किने तयारी भइरहेको छ ।

विद्यालयमा निर्माण सम्पन्न भएको नयाँ पक्की भवनको उद्घाटन पनि मुख्यमन्त्री पोखरेलले गर्दै हुनुहुन्छ ।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive