मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

सेनाको क्याप्टेन हुँ भन्दै रकम ठग्ने व्यक्ति पक्राउ

चैत्र ८, २०७८

चैत ८, २०७८
पर्वत : आफू नेपाली सेनाको क्याप्टेन रहेको र विभिन्न सैन्य पदमा भर्ती गरिदिने भन्दै रकम ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा बस्दै आएका ३८ वर्षिय धनबहादुर परियार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार आफूहरू ठगिएको भन्दै ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–४ की २८ वर्षिया सिर्जना तामाङ, सिद्धिचरण गाउँपालिका–४ की ३५ वर्षिया सरिता खड्का र बैदेश्वर गाउँपालिका–३ का ५२ वर्षिय अर्जुन बस्नेतको जाहेरीको आधारमा अर्जुन कटुवालका नाममा चिनिने धनबहादुरलाई पक्राउ गरिएको हो।
अभियुक्तले आफू नेपाली सेनाको क्याप्टेन रहेकोमा हाल शान्ति मिसनको लागि विदेशमा रहेको र आफूसँग सेनाका ठुला–ठुला मानिससँग चिनजान रहेको बताउने गरेको पाइएको छ। ठुला मान्छेसँगको चिनजानका कारण सिँगापुर पुलिस र नेपाली सेनाको सिपाहीदेखि सेकेन्ड लेफ्टिनेन्टसम्मका पदमा सजिलै भर्ती गरिदिन सक्ने बताउँदै फेसबुकमार्फत कुराकानी गरेर विश्वास दिलाएर ठगी गर्ने गरेको पीडितहरूको भनाई छ।
विभिन्न व्यक्तिकाहरुका छोरा छोरी समेतलाई भर्ती गराउने प्रयोजनको लागि भनी विभिन्न व्यक्तिको बैङ्क खातामा रकम पठाउन लगाई ठगी गर्दै आएको अनुसन्धानमा पाइएको कास्की प्रहरी बताउँछ।
पीडितमध्ये सिर्जना तामाङको दुई जना भाइहरूलाई सिंगापुर पुलिसमा भर्ती गराउनेका लागि १५ लाख चाहिने भन्दै पाँच लाख ठगी गरेको, सरिता खड्काको बहिनीलाई नेपाली सेनाको सिपाही पदमा नोकरी लगाउनको लागि डेढ लाख चाहिने भन्दै ५० हजार ठगेको, तथा अर्जुन बस्नेतको छोरालाई नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) पदमा नोकरी लगाउनको लागि पाँच लाख रुपैयाँ लाग्छ भनी पटक पटक रेखा क्षेत्रीको नाममा एक लाख ५० हजार नगदै एक लाख ७५ हजार एक सय ५० रुपैयाँ गरी कुल चार लाख २५ हजार एक सय ४० रुपैयाँ ठगी गरेको देखिएको डिएसपी तिवारीले बताए।
परियारका विरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जाहेरी पेस भएपछि कास्की जिल्ला अदालतबाट अनुमति लिएर गत फागुन ३० गते उनलाई पक्राउ गरिएको थियो। पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा कोठा भाडामा लिई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी कास्की जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive