बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पोखरा : साथीलाई एक लाख दिने वचन दिएर छोराले आमाको हत्या गराए

चैत्र ७, २०७८

चैत ७, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले साथी लगाएर आमाको हत्या गराएका र हत्या गरेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१२ शीतलादेवी बस्दै आएका ३६ वर्षिय ओमबहादुर नेपाली र उनका साथी कास्कीकै मादी गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१२ माटेपानीमा बस्दै आएका ३७ वर्षिय कुमार गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार गत चैत चार गते बिहान शीतलादेवी स्थित सुकुम्वासी बस्तीमा ६७ वर्षिया नौमाया नेपालीको मृत्यु भएको सूचना प्राप्त भएको थियो । तत्कालै घट्नास्थलमा पुगेको प्रहरीले मृतकको घाँटीमा नीलडाम देखेपछि प्राकृतिक मृत्यू नभई हत्या गरिएको अनुमान सहित अनुसन्धान थालेको थियो । हत्यामा संलग्न रहेका नौमायका जेठा छोरा ओमबहादुरले नै आमाको कोठामा मृत्यू भएको भन्दै प्रहरीलाई खबर दिएका थिए ।
जिल्ला प्रहरीका कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले हत्या आशंकमा वृद्धाका छोरा र साथीलाई नियन्त्रणमा लियो । सोधपुछ गर्दै जाँदा उनीहरुकै मिलेमतोमा आमाको हत्या भएको खुलेको हो । ओम बहादुरले घर जग्गा बेच्न लगाउन आमालाई धेरै पटक प्रयास गर्दा पनि आमाले नमानेपछि साथी कुमारलाई एक लाख दिने शर्तमा आमाको हत्या गर्न लगाएको खुलेको छ ।
उनीहरूले बयानको क्रममा चैत तीन गते रातीको साढे १० पछिको समयमा आमाको हत्या गरेको बताएका छन् । डिएसपी तिवारीका अनुसार चैत तीन गते राती अबेरसम्म दुवै जनाले रक्सी सेवन गरेका थिए । ओमबहादुरले आफू बाहिर बस्ने र त्यही बेलामा आफ्नी आमालाई मार्ने भनी ढोकाको आग्लो आफैले खोलेर कुमारलाई भित्र पठाएका थिए ।। एक लाखको वचन पाएका गुरुङले नौमाया निधाएको अवस्थामा घाँटी थिचेर हत्या गरेका हुन ।
घटना पश्चात् घरबाट निस्केपछि दुवै जना कुमारको कोठामा गई सुते । भोलिपल्ट चार गते बिहान ओमबहादुर घरमै फर्किए अनि आफू नभएको बेला कसैले आमाको हत्या गरेको भनेर कास्की प्रहरीमा खबर गरेका थिए ।
उनीहरूका विरुद्ध फौजदारी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ अन्तर्गतको प्रक्रिया सुरु गरिएको छ । अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट गत चैत पाँच गते पहिलो पटक छ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive