पर्वतको फलेवास नगरपालिका ३ सिसाठाँटीमा सिमखेत यूवा क्लवले दोस्रो अधिबेशन तथा विविध सांस्कृतिक कार्यक्रम शुरु गरेको छ । विभिन्न सामाजिक काम मार्फत स्थापित हुँदै आएको उक्त क्लवले कलाकारहरुको प्रस्तुती सहित विभिन्न सांस्कृतिक मेलाको आयोजना गरेको हो । नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले मेलाको उद्घाटन गर्नुभएको छ । उहाँले यूवाहरुलाई झुठा सपना देखाउने कम्युनिष्ठ पार्टी भन्दा काँग्रेस भने वास्तविक धरातलमा यूवाहरुलाई समेट्ने पार्टी रहेको चर्चा गर्नुभयो ।
यूवालाई सपना मात्रै देखाउने नभै उनीहरुको क्षमता विकास, रोजगारी सृजना, यूवामैत्री बजेट र नीति निर्माणमा नेपाली काँग्रेसले चासो राख्दै आएको जोशीले बताउनुभयो । सभापति जोशीले सिसाठाँटीमा बर्षौदेखि काठको साँघुबाट खोला तर्नुपर्ने बाध्यताको अन्त्यका लागि पुल निर्माण गर्न पहल भैरहेको अवगत गराउनुभयो । सिमखेत युवा कल्वले समाज रुपान्तरणमा खेलेको भुमिका प्रसंसनीय रहेको सभापति जोशीले बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै जिल्ला उपसभापति शिवप्रसाद सुवेदीले सिसाठाँटिको बिकासमा सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिले हाल सम्म गरेको कामको बारेमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादि केन्द्र कुस्मा नगरका अध्यक्ष शकर गिरीले यूवा समाज रुपान्तरणको बलियो आधार रहेकाले उनीहरुलाई संधै सत्कर्म तर्फ आकर्षित गर्नुपर्ने सुभाmव राख्नुभयो । अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका गिरीले जिल्ला अस्पताल अब सुबिधा सम्पन्न भइसकेको भन्दै उपचार अन्य धाउनुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शिव शर्मा अधिकारी ,महाधिवेशन प्रतिनिधि राधाकुमारी कुँवर क्षेत्री,सहिद पुत्र तथा महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी ,नेपाली कांग्रेस कुस्मा नगरपालिकाका सभापति किशोर भण्डारी, फलेवास ३ का वडाध्यक्ष अर्जुन बहादुर कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सिमखेत युवा क्लवलका अध्यक्ष सरोज खनालको अध्यक्षातामा सम्पन्न मेलाको सचालन सचिव ईश्वर कार्कीले गर्नुभएको थियो । भोलि सम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति सहित बिबिध खेलकुदका गतिविधि सञ्चालन गरिएको छ ।