मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

दुर्लुङमा घर घर जाऔं काङ्ग्रेस जिताऔं अभियान

चैत्र १३, २०७८

रामशरण पोख्रेल
चैत १३, २०७८
पर्वत : नेपाली कांग्रेसको देशब्यापी अभियान घर घर जाऔं कांग्रेस जिताऔं अभियान पर्वतमा तीव्र गतिमा अगाडि बढिरहेको छ।
यसै क्रममा कुश्मा नगरपालिका–३, दुर्लुङमा पनि बिशेष कार्यक्रमको आयोजना गरि अभियानको सुरुवात गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस पर्वतकासभापति युवराज जोशीले नेपाली कांग्रेस जे बोल्छ त्यही गर्ने र जे गर्छ त्यही बोल्ने पार्टी भएकाले कम्युनिस्टका झुटा आश्वासनमा नबिक्न कार्यकर्तालाई आह्वान गरे। जोशीले घर घर जाऔं काङ्ग्रेस जिताऔं अभियानलाई सफल बनाउन घर घरमा पुगेर जनताका समस्याहरु टिपोट गरी समाधानतर्फ लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।
बोल्ने भन्दापनी काम गर्नतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले स्थानिय तहको निर्वाचनमा पार्टीलाई भोट नदिने र अन्तरघात गर्नेलाइ बिशेष कार्यक्रम आयोजना गरि एक हातले क्रियाशिल सदस्यता फिर्ता लिने र अर्को हातले खादा, अबिर र माला लगाएर पार्टीबाट बिदाइ गर्ने योजना रहेकाले त्यसमा सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि शिव अधिकारी र लेखनाथ पौडेल, दुर्लुङका लागि जिल्ला प्रतिनिधि तथा नेपाली कांग्रेसका जिल्ला सदस्य भोर्ले सार्की, कांग्रेस कुश्मा नगर सभापति किशोर भण्डारी, दुर्लुङका लागि प्रदेश प्रतिनिधि सुरेन्द्र केसी, नगर प्रतिनिधि सुरेन्द्र पौडेल, प्रजातन्त्रवादी प्राध्यापक संघ पर्वतका अध्यक्ष नवराज शर्मा, कांग्रेस नगर सदस्य पुरुषोत्तम आचार्य, सोही वडा अन्तर्गत नेपाल महिला संघकी अध्यक्ष हिरा थापा मगर, कांग्रेस दुर्लुङका पूर्व सभापति शेरबहादुर क्षेत्री, कांग्रेसको सोही वडाका पार्टी सवि रेश्मिराज शर्मा, वडाध्यक्षका प्रत्यासी कृष्ण प्रसाद उपाध्याय, स्थानीय नेता ख्याम बहादुर गुरुङ, टोल संयोजकहरु प्रीतम गुरुङ, योगेश गुरुङ, सुकलाल सार्की, लाख बहादुर हमाल, दल बहादुर क्षेत्री, नारायण पाध्या, बैंसलाल बिक, युवा नेता बल बहादुर क्षेत्री, समाजसेवी तुलसी प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कुश्मा नगरपालीका–३, दुर्लुङका पार्टी सभापति लेख बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस दुर्लुङका पार्टी उपाध्यक्ष कमल पौडेलले स्वागत, पूर्व पार्टी सचीव कुलराज पोख्रेलको धन्यवाद मन्तव्य र दुर्लुङका पार्टी सहसचिव रामशरण पोख्रेलको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि १० जनाले पार्टी काँग्रेस पर्वतका सभापती युवराज जाशीको हातबाट काङ्ग्रेसको साधारण सदस्यता लिएर काँग्रेसमा प्रवेश गरेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive