बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

नेपाल बङ्गलादेश बैङ्कको वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम

चैत्र १३, २०७८

सरिता पौडेल
चैत १३, २०७८
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नेपाल बङ्गलादेश बैङ्क लिमिटेड कुश्मा शाखाले वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार पर्वतकै कुश्मा नगरपालिका–४ छमर्केमा महिला आमा समूह छमर्के पर्वतका सदस्यहरुलाई वित्तिय साक्षरता अभिवृद्धि होस भन्ने उद्देश्यका साथ कार्यक्रम कार्यक्रम सञ्चालन गरेको हो । नेपाल राष्ट्र बैङ्कले यही चैत सात गतेदेखि १३ गते सम्मलाई “ग्लोवल मनी सप्ताह” २०२२ मा वित्तिय साक्षरता कार्यक्रम चलाउन आव्हान गरे अनुरुप बैङ्कले आम नागरिकलाई वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम २०७८ सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको नेपाल बाङ्गलादेश बैङ्क कुश्मा शाखाका म्यानेजर हेमन्त पन्तले जानकारी दिए ।
उनका अनुसार वित्तिय साक्षरता, बचत र कर्जा, रेमिटेन्स, सेयर बजार, विद्युतिय ठगी, लघु उद्यम र व्यवसाय सम्बन्धि महिला तथा सर्वसाधारण वर्गमा सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका प्रमुख वक्ता समेत रहेका म्यानेजर पन्तले बताए । उनले भने, ‘पछिल्लो समयमा बैङ्क सम्बन्धि विभिन्न प्रविधिको विस्तार भएकाले पनि आमनागरिकमा सचेतना फैलाउन आवश्यक रहेको छ । यस्ता कार्यक्रमले वित्तिय अभिवृद्धिमा महत्वूुर्ण भुमिका खेलेको हुन्छ ।’ यस्तै शाखाका साहायक शाखा प्रबन्धक अनिल भुसालले डिजिटल बैकिङ भनेको के हो ? त्यसका फाइदाहरु, प्रयोग गर्ने तरिका र ठगीबाट जोगिन अपनाउनुपर्ने सुरक्षाका उपायहरुको बारेमा बताएका थिए ।
उक्त कार्यक्रमबाट आफुहरुलाई पछिल्लो समयको बैकिङ कारोवार तथा अन्य सुविधाका बारेमा जानकारी हासिल भएको साथै कार्यक्रम निकै प्रभावकारी भएको सहभागी गौमाया पुनले बताईन । बैकिङ कारोवार सम्बन्धि यस्तै सचेतनामुलक कार्यक्रमहरु आगामी दिनहरुमा समेत सञ्चालन गरिने म्यानेजर पन्तको भनाई छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive