बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

नगरप्रमुख शर्माद्धारा शंकरपोखरीमा भिडिओ एक्स–रे सेवा शुभारम्भ

चैत्र १५, २०७८

चैत १५, २०७८
पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको स्वास्थ्य संस्थाबाट सञ्चालित प्रसूति केन्द्रमा गर्भ परीक्षण तथा प्रयोगशाला सम्बन्धि सामग्रीहरु हस्तान्तरण गरिएको छ।

फलेवास नगरपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने पर्वतमा भित्रिएको संस्था वन हर्ट वल्र्ड वाइडले प्रसूति केन्द्रका लागि भिडियो एक्स–रे सेवा उपलब्ध गराएका थिए। उक्त भिडियो एक्स–रे सेवाको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले उद्घाटन गरेका हुन्।

सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले शंकरपोखरीमा भिडियो एक्स–रे सेवा सुरु भएसँगै नगरपालिकाले नागरिकका लागि गरेको कामहरुको बारेमा देखिन थालेको बताए। नगरपालिकाले नागरिकलाई स्वास्थ्य शिक्षाको पहुँचमा रहने गरी र सुबिधाको महशुस हुने गरी काम गरिरहेको भन्दै उनले शंकरपोखरीबाट सुरु भएको भिडियो एक्स–रे सेवालाई नगरका ११ ओटै वडामा पुग्ने गरी विस्तार गर्ने योजनामा रहेको नगरप्रमुख शर्माको भनाई छ।

‘प्रसूती केन्द्रका लागि उपकरणहरु प्रदान गरिएको छ। यहाँका नागरिकले अब भिडिओ एक्सरेका लागि सदरमुकाम धाउनैपर्ने बाध्यता हटेको छ। यो कार्यलाई फलेवासका सबै वडामा लैजाने हाम्रो प्रतिबद्धता छ,’ उनले भने, ‘शंकरपोखरी केन्द्र रहेको भए पनि फलेवासका सबै वडाका नागरिकले यो सेवा उपभोग गर्न सक्नुहुन्छ। बर्थिङ सेन्टरहरुलाई अब थप व्यवस्थित बनाउन लागिएको छ। र यो काम आजबाट सुरु भयो।’

सो अवसरमा बोल्दै नगरपालिकाका स्वास्थ्य संयोजक रुद्र शर्मा सापकोटाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिका खटीरहेको बताउँदै नगरका विभिन्न वडामा रहेका प्रसूती केन्द्रलाई स्वास्थ्य उपकरण तथा जनशक्तिले सुविधा सम्पन्न गराउने प्रयास भइरहेको बताए। त्यसका लागि लागि शंकरपोखरीबाट काम सुरु भएको र अब सबै वडालाई स्वास्थ्यमा बलियो बनाउने गरी नगरपालिकाले योजना बनाएको पनि उनको भनाई छ।

कार्यक्रममा वन हार्ट वल्र्ड वाइड संस्थाको तर्फबाट संयोजक कविन्द्र रेग्मीले पनि संस्थाले गर्दै आएको कामको बारेमा जानकारी गराएका थिए।

शंकरपोखरीका वडाध्यक्ष अर्जुबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य स्वास्थ्य स्वयंसेवीका बिष्णु पौडेलले र सञ्चालन स्वास्थ्य चौकीका प्रमुख निर्मल शर्माले गरेका थिए।

यसैबीच, फलेवास नगरपालिकाले शंकरपोखरीमा नै क्लीन फलेवास ग्रीन फलेवास अभियान अन्तर्गत उत्कृष्ट टोल तथा घर सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
सो अवसरमा नगरपालिकाको क्लीन फलेवास ग्रीन फलेवास अभियानको मर्म अनुसार नगरपालिकालाई हरियाली र सरसफाईपूर्ण बनाउन खटीएका तथा उत्कृष्ट काम गरेकाहरुलाई सम्मान गरिएको हो। सो अवसरमा बोल्दै क्लीन फलेवास ग्रीन फलेवासका संयोजक कमलप्रसाद घिमिरेले अभियान अन्तर्गत भइरहेका काम र तिनीहरुको प्रभावकारिताको बारेमा बोलेका थिए।

 

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive