चैत २७, २०७८
पर्वत : रोजागरी वा अन्य कारणले विदेशमा रहेको बेलामा स्वदेशमा लगानी गर्नेहरु त्यती धेरै हुँदैनन् । गरिहाले भने पनि उनीहरु समिति मात्रामा रहेका हुन्छन् ।
तर पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा जन्मिएका दुर्गा गुरुङ ‘मिलन’ धेरैको भीडमा पनि केही फरक छन् । सामाजिक सेवा (स्वास्थ्य, शिक्षा, खेलकुद आदि) मा ठूलो धनराशी खर्च गर्दै आएका उनी अहिले हङकङमा बस्दै आएका छन् । तर गाउँका बेरोजगारहरुलाई रोजगार दिन तथा विषादी प्रयोग गरिएका तरकारीको प्रयोग गर्नु हुँदैन भन्ने सचेतना फैलाउन उनले बाजुङको पाती खोला नजिकै ‘आयुक अर्गानिक कृषि फार्म’ निर्माण गरिरहेका छन् । दुर्गाका स्वर्गीय बुबा नरबहादुर गुरुङको स्मृतिमा निर्माण गरिएको स्मारिका (मने) पनि सोही स्थानमा रहेको छ ।
अहिलेसम्म बाटो, खानेपानी, ढुंगेधारता तथा चौतारी, नाली, पर्खाल लगायतको काम गर्नको लागि झण्डै ५० लाख भन्दा बढी खर्च भइसकेको फार्मलाई अबको दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य राखिएको गुरुङको भनाई छ । फार्मको आधारभूत संरचना निर्माणमा नै उक्त रकम खर्च भएको बताउँदै उनले अब झण्डै ५० लाख भन्दा बढीको लागतमा अन्य संरचना निर्माणको काम गरिने जानकारी दिए ।
‘रोजगारी नपाएको भन्दै कति यूवाहरु अहिले पनि विदेशिने लाइनमा रहनुभएको छ । हामी सबैले केही न केही प्रयास गर्ने हो भने यूवाहरुले गाउँमा नै रोजगारीको अवसर पाउने थिए,’ उनले भने, ‘यो फार्मको अर्को उद्धेश्य भनेको विषादीको प्रयोग गरेर फलाइएका तरकारीको प्रयोग छाडेर अगार्निक रुपमा उत्पादन गरिएका तरकारीहरु खानुपर्छ भन्ने पनि हो । सूक्ष्म विषबाट हामी सबै खतरामा परिरहेको कुरा चेतनाका रुपमा फैलाउनु आवश्यक छ ।’
बन्दै गरेको फार्ममा टनेलमा तरकारी खेती, माछापालन, बङ्गुरपालन, कालिज पालन, स्थानीय जातका कुखुरा सहित बेमौसमी तरकारीहरु पनि उत्पादन गर्ने लक्ष्य राखिएको छ भने बाजुङ फलाल्नेमा मिलन किवी फार्ममा किवी, अलैँची र टिमुर ओटा विरुवाहरु रोपण गरेर मिलन किवी फार्म स्थापना गरेर कृषि क्षेत्रमै अर्को नयाँ कामको पनि थालनी भएको छ । पातिचौर बजारबाट सवारीमा सहजै पुग्न सकिने फार्मलाई अवलोकनका लागि समेत योग्य बनाउन फार्म परिसरभित्र नै सङ्ग्राहलय शैलीमा ढिकी जाँतो, ढुङ्गेधारा, घट्ट लगायतका परम्परागत उपकरणहरु पनि राख्न लागिएको छ ।
कसरी बन्दै छ फार्म ? यो भिडियोमा हेर्नुहोस् ।
यी संस्थाहरुमा आवद्ध छन गुरुङ
अध्यक्ष, पर्वत मंच हङकङ
नेपाली जनप्रगतिशील मञ्च हङकङ
मिलन डि.जी ईन्टरनेशनल प्रालि
मिलन ट्रष्ट, २०७४
तमु राष्ट्रिय मुक्तिमोर्चा हङकङ
मिलन विश्व समाचार डट न्युज
संरक्षक
तमु धीं नेपाल
मिलन फाउण्डेशन नेपाल
स्व. नर बहादुर गुरुङ शैक्षिक स्मृती अक्षयकोष, २०७३ (महेन्द्रशिखरी मावि, बाजुङ)
मिलन बहुउदेश्यीय महिला कृषक समुह सानोपाखा बाजुङ, पर्वत
तमुस्यो रिच्हमी परिवार, कास्की
मिलन पुस्तकालय सुरुमडाँडा राम्भा–२,पाल्पा
बाजुङ स्वास्थ्य अक्षयकोष–२०७८ मोदी ५, बाजुङ पर्वत
मिलन दलित कृषक समुह मोदी–५, बाजुङ पर्वत
आयुक अर्गानिक कृषी फार्म मोदी–५,बाजुङ खोलाखेत पर्वत
मिलन किवी फार्म मोदी–५ बाजुङ
बाजुङ सेभिङ एण्ड इन्भेष्टमन्ट फण्ड, हङकङ (सन २०१८)
सल्लाहकार
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश
श्री महेन्द्र शिखरी मा बी ब्यवस्थापन समिती सानोपाखा बाजुङ पर्वत
मिलन प्रगतिशिल महिला कृषक समुह फलाल्ने बाजुङ
मिलन नौमती पञ्चेबाजा समूह, मोदी ५, बाजुङ पर्वत
नमोबुद्ध धर्म सेन्टर, जोर्डन हङकङ
फियानो, हङकङ
बाजुङ समाज, हङकङ
कोन्मै/घोथाने गुरुङ समाज, हङकङ
गुरुङ फिल्म एसोसिएन, हङकङ (GFAH)