बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

नेपाली काँग्रेस पर्वतमा ४ जना मनोनित

नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले ४ जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका छन् ।  नेपाली काँग्रेसको विद्यान २०१७ को परिच्छेद ३ दफा १२ को उपदफा ५ को ख मा व्यवस्था भए बमोजिम सभापतिले मनोनित गरेका हुन । मनोनित हुनेमा महाधिवेशन प्रतिनिधि कुस्मा नगरपालिका ९ का शिवशर्मा अधिकारी,फलेवास नगरपालिका ११ पर्वतका शेरबहादुर सुनार ‘जितबहादुर’ जलजला गाउँपालिका ९ का सोम पुन र कुस्मा नगरपालिका २ का सरस्वती शर्मा ‘जिज्ञासा’ हुन । एक विज्ञप्ति मार्फत उनीहरुलाई जिल्ला कार्यसमितिमा मनोनित गरेको नेपाली काँग्रेस पर्वतले जनाएको छ ।
मनोनित गरिएको विज्ञप्ति पत्र ।
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive