सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

सिल्मीमा साँस्कृतिक कार्यक्रम शुरु

बैशाख ३, २०७९

पर्वतको कुश्मा नगरपालिका ११ सिल्मीमा दोस्रो सिल्मी वडा स्तरीय भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम शुरु भएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा सिल्मी यूवा क्लवले खेलकुद तथा सांस्कृति कार्यक्रम शुरु गरेको हो । नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी एवं जिल्ला सदस्य शिव अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभयो ।. अधिकारीले खेलकुदको विकास र यूवाहरुको नेतृत्व विकासमा भूमिका खेल्नुपर्ने बताउनुभयो । सिल्मीको विकास निर्माणमा सबैले हातेमालो गरेर अगाडी बढेमा सिल्मीको विकास हुने अधिकारीले बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिँकिदै गरेको अवस्थामा आफ्नो क्षेत्रको विकास गर्ने वडाका जनप्रतिनिधी चयन गर्न उहाँले स्थानीयलाई अनुरोध गर्नुभयो ।

स्थानीय निर्वाचनलाई उत्सवको रुपमा लिन र सबैका बिचमा सौहार्द सम्बन्ध स्थापित गर्दै नेपाली काँग्रेसलाई विजयी गराउन अधिकारीले अनुरोध गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सहसचिव एवं प्रवक्ता अच्यूत तिवारीले सिल्मीका यूवाहरुको सिर्जनाशिलतालाई उजागर गर्न नेपाली काँग्रेसले सक्दो साथ र सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस कुश्मा नगरसमितिका सहसचिव दया सुबेदी, नेपाली काँग्रेसका वडा सचिव ईश्वरी भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष बिबेक नेपालीको सभापतित्वमा भएको थियो भने सञ्चालन क्लवका सल्लाहकार दुर्गा नेपालीले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive