वैशाख १५, २०७८
पर्वत : आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले फलेवास नगरपालिकाले पनि आजबाट प्रचार अभियानलाई औपचारिक रुपमा सुरुवात गरेको छ ।
फलेवास नगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहनुभएका पदमपाणी शर्मा र उपप्रमुख पदमा उम्मेदवार रहनुभएकी मञ्जु अधिकारी प्यासीले संयुक्त रुपमा प्रचार अभियानको सुरुवात गर्नुभएको हो । नगरपालिकाको सबै भन्दा उच्च भुभागमा दुई हजार दुई सय ६६ मिटरको उचाइमा रहेको एतिहासिक ठाँउ वडा नं. ११ पाङराङमा पर्ने सुलिकोटबाट अभियान सुरु गरिएको हो । वि.सं. १७ सय २ सालमा स्थापना भएको सिद्द बाराही शक्ति पिठमा पुगेका दुवै उम्मेदवारहरुले एक सय पाँच वर्ष उमेर पुग्नुभएकी एक ज्येष्ठ नागरिक आमाको आशीर्वाद लिएर चुनावी अभियानको शुभरम्भ गर्नुभएको हो ।
सो अवसरमा बोल्दै नगरप्रमुख पदका उम्मेद्वार शर्माले आफू नेतृत्वको सरकारले पाँच वर्षको अवधिमा जनताको भलो हुने काम गरेको र संरचना बिहनी अवस्थामा रहेको नगरपालिकालाई नगरपालिकाको आकारमा ल्याएको बताउनुभयो । नागरिकले आगामी पाँच वर्षको लागि आफूलाई फेरि पनि विश्वास गर्ने बताउँदै उहाँले आफू सधैँ जनताको जनप्रतिनिधिको रुपमा रहेको उल्लेख गर्नुभयो ।
सुलीकोटबाट सुरु भयो शर्माको प्रचार अभियान
बैशाख १५, २०७९





