शनि, माघ १०, २०८२
Sat, January 24, 2026

कालीगण्डकीको बीच भागमा बेबारिसे शव भेटीयो (भिडियो)

बैशाख १६, २०७९

पर्वत : पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित खनियाघाटमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार खनियाघाटमा कालीगण्डकी नदीको बीच भागमा करिब ३५‚ ४० वर्ष उमेर अनुमान गरिएका पुरुषको बेवारिसे शव फेला परेको हो।  शवको प्रकृति हेर्दा मृत्यु भएको २‚ ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ।

अनुहारमा सामान्य चोट देखिएको भए पनि त्यो चोट बग्ने क्रममा नदीको ढुङ्गामा ठोक्किएर लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

व्यक्ति हराएको बारेमा पर्वत जिल्लामा कुनै पनि निवेदन नआएको प्रहरीले बताएको छ। खनियाघाट हुँदै बग्ने कालीगण्डकी नदी म्याग्दी हुँदै बागलुङ जिल्ला समेत छोएर आउने भएका कारण ती दुई जिल्लाको शव हुन सक्ने भएकाले पहिचानको लागि ती जिल्लाका प्रहरीमा पनि खबर गरिएको छ।

शुक्रबार मध्याह्न भेटिएको शवलाई आफन्तको पर्खाइमा पर्वत अस्पतालमा राखिएको छ।

पर्वत प्रहरीले यसरी निकाल्यो नदीबाट शव (भिडियो)

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive