शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

९७ जनाले उम्मेदवारी फिर्ता गरेपछि पर्वतमा आठ सय ६० उम्मेदवार कायम

बैशाख १७, २०७९

वैशाख १७, २०७९
पर्वत : वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारी दिएका पर्वतका ९७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगले शुक्रवार उम्मेदवारी फिर्ताका लागि दिएको समयमा उम्मेदवारी दिएका कुल नौ सय ५७ जनामध्ये ९७ जनाले उम्मेदवारी फिर्ता लिएका जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले जानकारी दिए। उनका अनुसार स्थानीय तहको प्रमुख पदका उम्मेदवार छ जनाले, उपप्रमुख पदका उम्मेदवार दुई जनाले, वडाध्यक्ष पदका उम्मेदवार २५ जनाले, महिला वडा सदस्य पदका उम्मेदवार १२ जनाले, दलित महिला सदस्य नौ जनाले र खुल्ला सदस्य पदका उम्मेदवार ४३ जनाले उम्मेदवारी फिर्ता गरेका हुन्।
फिर्ता लिएकाहरूमा सबैभन्दा बढी फलेवास नगरपालिकाका २९ जना तथा कुश्मा नगरपालिकाका २४ जना, मोदी गाउँपालिकाबाट छ जना, जलजला गाउँपालिकाबाट पाँच जना, विहादी गाउँपालिकाबाट २३ जना, पैंयु गाउँपालिकाबाट चार जना र महाशिला गाउँपालिकाबाट छ जना रहेका छन्।
९७ जनाको उम्मेदवारी फिर्तासँगै पर्वतमा अब आठ सय ६० जनाको उम्मेदवारी कायम भएको छ। सात ओटा स्थानीय तहमा ६१ ओटा वडाहरू रहेको पर्वतमा अब चुनावी प्रतिस्पर्धामा स्थानीय तहको प्रमुखमा ४१ जना, उपप्रमुखमा २६ जना, वडाध्यक्षमा एक सय ९० जनाको उम्मेदवारी कायम भएको छ। यस्तै महिला वडा सदस्यमा एक सय ४१ जना, दलित महिला वडा सदस्यमा एक सय ३८ जना र खुल्ला सदस्यमा तीन सय २४ जनाको उम्मेदवारी कायम भएको छ।
स्थानीय तह अनुसार कुस्मा नगरपालिकामा दुई सय एक जनाले, मोदी गाउँपालिकामा एक सय १९ जनाले, जलजला गाउँपालिकामा एक सय ३३ जनाले, फलेवास नगरपालिकामा एक सय ५७ जनाले, विहादी गाउँपालिकामा ७८ जनाले, पैंयु गाउँपालिकामा एक सय जनाले र महाशिला गाउँपालिकामा ७२ जनाले विभिन्न पदहरूमा प्रतिस्पर्धा गर्दै छन्। यीमध्येबाट तीन सय १९ जना जनप्रतिनिधि निर्वाचित हुने छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive