बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

नेपाल तरुण दल खरेहाले सुरु गर्यो काङ्ग्रेस जिताउने अभियान

बैशाख १७, २०७९

रामशरण पोख्रेल

पर्वत कुश्मा नगरपालिका-७, खरेहामा गठित नेपाल तरुण दलले चुनाबी अभियान सुरु गरेको छ ।

नेपाली काङ्ग्रेसको भातृ सस्था तरुण दलले आउँदो स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई बिजयी गराउन एक कार्यक्रमको आयोजना गरि अभियान सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस कुश्मा नगर सभापति किशोर भण्डारीले आउँदो स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जिताउन नेपाल तरुण दलको महत्त्वपूर्ण भुमिका हुनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस लाई बलियो बनाउन तरुणहरुले बिगतमा ठूलो भुमिका खेल्दै आइरहेको स्मरण गर्दै सभापति भण्डारीले तरुणहरुको एकताले नै चुनाव जित्न संभव हुनेमा जोड दिनुभयो । सभापति भण्डारीले टिकट नपाएर आत्तिने भन्दापनी धैर्यतामा रहेर पार्टीप्रती इमान्दार रहि चुनाव जिताउन तर्फ लाग्नुपर्ने बताउनुभएको थियो ।

नेपाल तरुण दल खरेहाका अध्यक्ष गोबिन्दराज पौडेलको संयोजकत्वमा चुनाव प्रचारप्रसार समिती समेत गठन गरेर सो वार्डका तरुणहरु काङ्ग्रेस जिताउने अभियानमा लागिसकेका छन ।

कार्यक्रमको अवसरमा नेपाली काङ्ग्रेस प्रदेश ‘क’ का सचीव केशव उपाध्याय, सो वार्डका वार्ड अध्यक्षका उम्मेदवार परशुराम पुरि, नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष गोविन्दराज पोख्रेल, सो वार्डका पार्टी सभापति खेमनाथ शर्मा लगायतले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल तरुण दल कुश्मा नगरपालिका-७, खरेहाका अध्यक्ष गोबिन्दराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत सदस्य सुजाता सुवेदी र संचालन सचीव सञ्जीव श्रेष्ठले गर्नुभएको थियो ।

सो अवसरमा नेपाल महिला संघ र नेपाल दलित संघले पनि वार्ड स्तरमा चुनाव प्रचारप्रसार समितीको घोषणा गरेका थिए । साथै कार्यक्रम समापन पश्चात् कुश्मा नगरपालिका-७, खरेहामा घरदैलो कार्यक्रम पनि गरिएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive