शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025

कास्कीको माछापुच्छ्रे–१ मा काँग्रेसका इन्द्र गुरुङ विजयी

बैशाख ३१, २०७९

वैशाख ३१, २०७९
पर्वत : कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका इन्द्र गुरुङ विजयी भएका छन्।
उनले नजिकका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार आनुप गुरुङलाई ३८ मतको अन्तरले पराजित गरेका हुन्। इन्द्रको पक्षमा छ सय २२ मत प्राप्त हुँदा आनुपलाई पाँच सय ८४ मत परेका छन्। यस्तै कुखुरो चुनाव चिन्ह लिएर मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवार बनेका थमन बहादुर गुरुङलाई आठ मत प्राप्त भएका छन्।
दुई जना खुल्ला वडा सदस्य पदमा नेपाली काँग्रेस र नेकपा माओवादीले १÷१ पद पाएका छन्। जसमा काँग्रेसका देव बहादुर मगरले छ सय पाँच मत पाउँदा माओवादीका पुर्ख बहादुर पुनले पाँच सय ११ मत प्राप्त गरेका छन्। सोही पदमा प्रतिस्पर्धा गरेका एमालेका देव बहादुर मगरले पाँच सय छ मत र भरत अधिकारीले चार सय ९९ मत पाएका छन्।
महिला सदस्य पदमा छ सय ६४ मत ल्याउँदै काँग्रेसकी उम्मेदवार जमुना पून विजयी बनेकी छिन्। उनकी प्रतिस्पर्धी एमालेकी चन्द्र कुमारी पुनले पाँच सय ४४ मत प्राप्त गरिन्। यस्तै दलित महिला सदस्यमा पनि छ सय ७३ मत सहित काँग्रेसकै श्याम माया सुनार विजयी बनेकी छिन्। उनीसँग प्रतिस्पर्धामा रहेकी एमाले उम्मेदवार सुशीला सुनारले भने पाँच सय २८ पाएकी छिन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive