बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025

पर्वतको जलजला–१ बाँसखर्कमा एक सदस्य बाहेक एमालेको प्यानल विजयी

बैशाख ३१, २०७९

पर्वत : पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा एक जना सदस्य बाहेक सबै उम्मेदवारहरू एमालेबाट विजयी बनेका छन्।

जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार वडाध्यक्षमा एमालेबाट ५१ वर्षीय जक बहादुर रोका निर्वाचित भएका हुन्। उनको पक्षमा दुई सय १९ मत पर्दा गठबन्धनबाट साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका जगतबहादुर केसीलाई दुई सय सात मत परेकाे छ।

वडाध्यक्ष पदमै स्वतन्त्र उम्मेदवार रहेका नरबहादुर पुन रोकाले एक सय २६, द बहादुर फकामीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका पीताम्बर पुर्जाले एक मत मात्रै पाएका छन्।

यस्तै दुई जना खुल्ला वडा सदस्य पदमा एमालेका फर्स बहादुर तिलिजा दुई सय ३९ र नेपाली कांग्रेसका क्षेत्र बहादुर पुन दुई सय सत्र मत सहित विजयी भएका छन्।

महिला सदस्यमा दुई सय १५ मत सहित एमालेकी विमला बरुवाल केसी विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा पनि दुई सय १२ मत सहित एमालेकै सुशीला परियार निर्वाचित भएकी हुन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive