मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

फलेवासको नगरप्रमुखमा काँग्रेसका तिवारीलाई नेकपा एसको साथ

बैशाख २५, २०७९

वैशाख २५, २०७९
पर्वत : देशभर पाँच दलीय गठबन्धन चुनावी मोर्चामा रहेको बेलामा पर्वतको फलेवास नगरपालिकामा भने अवस्था त्यस्तै रहेन। नेपाली काँग्रेस र नेकपा माओवादीले साझा उम्मेदवार उठाएको भए पनि भागबन्डा नमिलेका कारण केही स्थानीय तहमा गठबन्धन कायम हुन सकेन।
दुई नगरपालिका र पाँच ओटा गाउँपालिका गरी सात ओटा स्थानीय तह रहेको पर्वतमा सबै स्थानीय तहमा काँग्रेस र माओवादीको गठबन्धन छ। तर केही स्थानीय तहमा स्थानीय तहमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आ–आफ्नै उम्मेदवारहरू उठाएका छन्।
यही अवस्थामा फलेवास नगरपालिकामा पनि गठबन्धन कायम रहन सकेन। काँग्रेस र माओवादीबिच भागबन्डा मिलेको भए पनि अरू दलमा मिलेन। जसका कारण नेकपा एस र जनमोर्चाले आफ्नै उम्मेदावारहरु उठाएका छन्। गठबन्धनमा रहेर पनि आफ्नै उम्मेदवार उठाएको नेकपा एसले नगरपालिकाको प्रमुख पदमा भने गठबन्धन अन्तर्गत नेपाली काँग्रेसबाट साझा उम्मेदवार बनेका गंगाधर तिवारीलाई समर्थन गर्ने भएको छ।
नेकपा एकीकृत समाजवादी फलेवास नगर कमिटीका अध्यक्ष कृष्ण प्रसाद लम्सालले विज्ञप्ति जारी गर्दै विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुख सिट बाँडफाँडमा आफ्नो पार्टीको असहमति रहेको भए पनि फलेवास नगरपालिकाको प्रमुखमा भने तिवारी लाई समर्थन गरेको जानकारी दिएका छन्।
‘गठबन्धनका उम्मेदवारमा परिचालित हुने हाम्रो चाहना केन्द्रमाका बिचमा भएको सहमति विपरीत नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका पर्वत जिल्ला स्तरीय संयन्त्रका प्रतिनिधिहरूले तीन दलका प्रतिनिधिहरूलाई बैठकमा सामेल नै नगरी माइन्युटमा निर्णय नगराई दुई दलका बिचमा मात्र जिल्लाका पनि प्रमुख, उप प्रमुख सिट बाँडफाँड गरेको कुराप्रति हाम्रो पार्टीका असहमति प्रकट गर्दै दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यसका बाबजुद पनि हाम्रो पार्टीको तर्फबाट उपमेयर लगायत केही वडा अध्यक्ष र कहीँ बडामा सदस्य पदमा उम्मेदवारी दिइएको छ। नगर प्रमुख पदमा गठबन्धनका उम्मेदवार गंगाधर तिवारीलाई मतदान गर्न फलेवास नगर भित्रका नेकपा (एकीकृत समाजवादी) का जिम्मेवार कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सम्पूर्ण नगरवासी समक्ष हार्दिक अपिल गर्दछ।’
गठबन्धनबिच भागबन्डा नमिल्दा नगरपालिकाको उपप्रमुख र केही वडाध्यक्ष र वडा सदस्य पदमा भने आफ्ना उम्मेदवारहरू नै कायम रहेको नेकपा एसले बताएको छ। नगर प्रमुख पदमा नेकपा एसको तर्फबाट उम्मेदवार नरहेका कारण काँग्रेसका तिवारीलाई समर्थन गरेको भए पनि आफ्नो पार्टीको तर्फबाट अन्य पदमा उठेकाहरूलाई भने मतदान गर्नुपर्ने एकीकृत समाजवादी फलेवास नगर कमिटीको विज्ञप्तिमा उल्लेख छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive