मङ्लबार, चैत्र ११, २०८१
Tuesday, March 25, 2025

काँग्रेसको केन्द्रीय तरुण परिचालन समितिको सदस्यमा पर्वतका हमाल र भुसाल

वैशाख २४, २०७९
पर्वत : नेपाली काँग्रेसका यूवा नेता तथा समाजसेवी विप्लवजंग हमाल तथा नेतृ मुना भुसाल यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तरुण परिचालन समिति’ मा मनोनित भएका छन्।
जिल्लाको जलजला गाउँपालिका घर भई नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका तथा समाजसेवामा पनि उस्तै रुपमा सक्रिय रहेका हमाललाई केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरिएको हो। यस्तै काँग्रेसको सक्रिय राजनीति तथा समाजसेवामा पनि सक्रिय रहेकी यूवा नेतृ भुसाल पनि मनोनित भएकी छिन्।


पर्वतबाट सदस्य बनेका हमालले संबिधान र लोकतन्त्रको रक्षाको लागि काँग्रेस तथा गठबन्धनको नेतृत्वमा स्थानीय सरकार बन्नुपर्ने बताउँदै यूवाहरुलाई स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने बताए।
नेपाली काँग्रेस पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलहरुसँग तालमेल गरिएका उम्मेदवारहरुलाई बिजयी बनाउन सक्रिय रुपमा तरुण परिचालन गर्ने उद्धेश्यका साथ नेपाल तरुण दलको केन्द्रीय समितिको निर्देशन अनुसार तरुण दलका अध्यक्ष बिद्धान गुरुङको अध्यक्षतामा समिति निर्मँण गरिएको हो।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive