मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026

कास्कीको माछापुच्छ्रे–२ मा काँग्रेसको प्यानल नै विजयी

जेष्ठ १, २०७९

जेठ १, २०७९
पर्वत : कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ।
वडाध्यक्ष पदमा दुई सय ३४ मतको अन्तरमा काँग्रेसका उम्मेदवार गणेश आचार्यले नेकपा एमालेका उम्मेदवार केश कुमारी गुरुङलाई पराजित गरेका हुन्। आचार्यले एक हजार ५७ मत प्राप्त गर्दा गुरुङको पक्षमा आठ सय २३ मत मात्रै परे। वडाध्यक्ष पदमा नै उम्मेदवारी दर्ता गराएका नेकपा माओवादीका श्री प्रसाद घलेले ६८ र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार भक्तबहादुर गुरुङले १५ मत पाएका छन्।
यस्तै खुल्ला वडा सदस्यका दुई पदमा पनि काँग्रेसका उम्मेदवारहरू नै विजयी भएका छन्। नौ सय ७५ मत सहित अर्जुन गुरुङ र नौ सय ५३ मत सहित इन बहादुर तामाङले अन्य उम्मेदवारहरूलाई पराजित गरेका हुन्। सोही पदमा लडेका नेकपा एमालेका पदम सि तामाङले आठ सय ८६, हिमाल गुरुङले आठ सय ४२ तथा नेकपा माओवादी केन्द्रका पुष्पराज गौतमले एक सय २९ र विक्रम सार्कीले ७१ मत पाएका छन्।
महिला सदस्यमा पदमा नौ सय ९१ मत सहित काँग्रेसकी शर्मिला तामाङ विजयी भइन्। उनले आठ सय ५३ मत प्राप्त गरेकी एमालेकी देउ माया तामाङ र ६३ मत प्राप्त गरेकी नेकपा माओवादी केन्द्रकी पूर्णिमा तामाङलाई पराजित गरिन्। दलित महिला सदस्यमा पनि काँग्रेसकै शुकुमाया कामी विजयी भएकी छिन्। उनले नौ सय ४४ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार शान्ता नेपालीले आठ सय ५० र माओवादीकी शर्मिला बि.क.ले ७६ मत पाएकी छिन्।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive