जेठ ४, २०७९
पर्वत : पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले जीत हात पारेका छन्।
अध्यक्षमा काँग्रेसका राजु प्रसाद आचार्यले एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई १ हजार ४७३ मतको अन्तरमा पराजित गरेका हुन् । आचार्यले ५ हजार ६५७ मत पाउँदा अधिकारीले ४ हजार १८४ मत ल्याएका छन् । अध्यक्ष पदमा नै प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार महेन्द्र फकामी मगरे ५१२, राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगे दमाईले ४२, मंगोल नेशनल अर्गनाइजेशनका तुलबहादुर पुनले २९, नेकपा (एकीकृत समाजवादी) का देवीलाल चपाइले १६ र स्वतन्त्र उम्मेदवार थलबहादुर जि.सीले शून्य मत पाएका छन् ।
उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का दीपक आचार्यले एमालेकै उम्मेदवार सुनिता बरुवाललाई ७७ मतको अन्तरमा पराजित गरेका छन् । आचार्यले ४ हजार ७९२ मत पाउँदा बरुवालले ४ हजार ७१५ मत पाएकी छिन् । उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी धर्मा कुमारी शर्माले ८८ र नेकपा (एकीकृत समाजवादी) की संगिता सुवेदीले १५ मत पाएका छन् ।
नौ ओटा वडाहरू रहेको जलजलामा ५ ओटामा एमालेले, २ ओटामा काँग्रेसले र २ ओटामा माओवादीले वडाध्यक्ष जितेका छन् । एमालेबाट वडा–१, २, ३, ४ र ५ मा क्रमशः जकबहादुर रोका २१९, प्रकाशबहादुर घर्ती क्षेत्री ६४५, एकीन्द्र खत्री ४५५, भरतबहादुर क्षेत्री ६७९ र तिलकबहादुर जि.सी ६८८ मत सहित विजयी भएका छन् । यस्तै वडा–६ मा काँग्रेसका बलबहादुर पुर्जा ५५४, वडा–७ मा माओवादीका टुङ्गनाथ शर्मा ९८२, वडा–८ मा काँग्रेसका हरि विकास जि.सी ८७३ र वडा–९ मा माओवादीका गौ बहादुर पुर्जा ५६३ मत सहित निर्वाचित भएका छन् ।
जलजलाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी
जेष्ठ ४, २०७९




