मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते

जेठ ४, २०७९
पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।
बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ। केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । घाइते सबैलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा अवस्था गम्भीर रहेकोले पोखरा पठाइसकिएको र अन्य घाइतेहरूको पनि परीक्षण र उपचार चलिरहेको प्रहरीले बताएको छ । अहिले उपचार नै चलिरहेको कारण सबै घाइतेहरूको पहिचान खुलि नसकेको इन्स्पेक्टर अधिकारीले बताए।
ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive