मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

पर्वतको बिहादीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमालेको जीत

जेष्ठ ५, २०७९

जेठ ५, २०७९
पर्वत : पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले र उपाध्यक्षमा नेकपा एमालेले जीतेका छन्।
बुधवार साँझ सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा नेपाली काँग्रेसका परविन गुरुङले एमालेका उम्मेदवार ओमप्रसाद कुँवरलाई ५३२ मतले पराजित गरेका हुन्। गुरुङले ३ हजार ४६९ मत ल्याउँदा कुँवरले २ हजार ९३७ मत ल्याएका छन्। सोही पदमा प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त भुसालले ८ मत पाएका छन स्वतन्त्र उम्मेदवार होमबहादुर नेपालीले कत्ति पनि मत पाएनन्।
उपाध्यक्ष पदमा भने एमालेकी उम्मेदवार मिना शर्मा तिवारीले गठबन्धन अन्तर्गत नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सन्त बहादुर गुरुङलाई १७७ मतले पराजित गरेका छन्। तिवारीले मत पाउँदा ३ हजार २२७ मत प्राप्त गर्दा गुरुङले ३ हजार ५० मत पाएका छन्।
छ ओटा वडाहरू रहेको विहादीमा तीन ओटा वडाहरूमा एमालेले, दुई ओटा वडाहरूमा काँग्रेसले र एउटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन्। वडा–१ मा एमालेका चित्रबहादुर गुरुङ ४८३, वडा–२ मा काँग्रेसका गणेश शर्मा पौडेल ५५५, वडा–३ मा एमालेका गणेशप्रसाद पराजुली ६०१, वडा–४ मा काँग्रेसका विष्णुप्रसाद भुसाल ५१७, वडा–५ मा एमालेका खिमबहादुर थापामगर ६५० र वडा–६ मा माओवादीका मनबहादुर बस्याल ७३७ मत ल्याएर विजयी भएका छन्।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive