बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

पर्वतको कुश्मा नगरपालिकाको प्रमुखमा जोशी र उपप्रमुखमा रिजाल

जेष्ठ ५, २०७९

जेठ ५, २०७९
पर्वत : पर्वतको कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशी र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार स्वस्थानी रिजाल निर्वाचित भएका छन्।
गठबन्धनका उम्मेदवार जोशीले एमालेका उम्मेदवार गणेश शर्मा पौडेललाई ७९८ मतको अन्तरमा पराजित गरेका हुन्। जोशीको पक्षमा ९ हजार ८४९ मत आएका छन् भने पौडेलले ९ हजार ५१ मत प्राप्त गरेका छन्। प्रमुख पदमा नै उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभु गुरुङले १७५, जनता समाजवादी पार्टीका ढाकाराम गौतमले ४२ तथा स्वतन्त्र उम्मेदवारहरू ढाकाराम पौडेल र केशवराज शर्माले १÷१ मत पाएका छन्।
उपप्रमुखमा भने एमालेकी उम्मेदवार स्वस्थानी रिजालले गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका शङ्कर गिरीलाई पराजित गरिन्। उनले ८१० मतको अन्तरमा गिरीलाई पराजित गरेकी हुन्। रिजालले ९ हजार ९२ मत प्राप्त गर्दा गिरीले ८ हजार २८२ पाएका छन्। कुश्मा नगरपालिका–१ घर भएकी रिजाललाई उनकै आफ्नै क्षेत्रबाट फरक फरक राजनीतिक दलहरुले पनि मतदान गरेका कारण उनको विजय सुनिश्चित बनेको थियो। उपप्रमुख पदमा नै प्रतिस्पर्धा गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी मानकुमारी गिरीले २३४, नेकपा (एकीकृत समाजवादी) का प्रेम बहादुर गुरुङले १८, स्वतन्त्र उम्मेदवार शालिकराम शर्माले १३, जनता समाजवादी पार्टीकी उम्मेदवार इन्दिरा अधिकारीले १२ र स्वतन्त्र उम्मेदवार चूडामणि शर्माले शून्य मत प्राप्त गरेका छन्।
१४ ओटा वडाहरू रहेको कुश्मा नगरपालिकाका ८ ओटा वडाहरूमा काँग्रेसले जीतेको छ। वडा–१ मा खगराज पौडेल ११७८, २ मा लालकृष्ण शर्मा ११७९, ४ मा दिनेश श्रेष्ठ ६५४, ५ मा रामहरि शर्मा ५१३, ७ मा परशुराम पुरी ७८४, ८ मा सुरेन्द्र के.सी ५६३, ९ मा राम शर्मा लामिछाने ५२५ र १४ मा रुद्रमोहन रिमाल ८३६ मत सहित निर्वाचित भएका छन्। यस्तै एमालेबाट वडा–३ मा तेजप्रसाद पाध्या १०८६, ६ मा ईश्वर गिरी ३९०, १० मा रामचन्द्र सुवेदी ९८३ र ११ मा बाबुराम पौडेल ७९४ मत ल्याएर विजयी भएका छन्। वडा–१२ मा स्वतन्त्र उम्मेदवार झलकप्रसाद रिमाल ८५२ मत ल्याएर निर्वाचित भएका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive