असार ६, २०७९
पर्वत : फरक स्वाद सहित स्रोता र दर्शकको मनमा बस्ने खालका गीत बनाउन सिपालु मानिने लोक तथा दोहोरी कलाकार तेजेस रेग्मीले नयाँ गीत सार्वजनिक गरेका छन्।
पछिल्लो समय स्रोताबाट धेरै रुचाइएकी गायिका रिना के.सी र तेजसले स्वर भरेको ‘तालको पानी’ नामक गीत सार्वजनिक भएको हो। गोविन्द पौडेलको शब्द र कलाकार रेग्मीकै संगितमा बनेको गीतमा लोमश शर्मा, तेजस रेग्मी र अस्मिता रनपालको अभिनय रहेको छ। अजय रेग्मीको छायाँकन रहेको गीतमा नृत्य निर्देशन प्रशान्त मगरले गरेका छन्। म्यूजिक भिडियोको निर्देशन कुमार के.सी.ले गरेका छन्।
हेर्नुहोस गीत :
‘तालको पानी’ मा तेजस र रिना
असार ६, २०७९
