मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

आज गुरुपूर्णिमा : ज्ञान दिने गुरुको सम्मान गर्ने दिन

असार २९, २०७९

काठमाडौं : आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा। बुधबार ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदैछ।

ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ। वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्यको मुख्य भूमिका रहने मानिएको छ। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ।

मनुस्मृतिअनुसार जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ। सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ।

गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। यद्यपि मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। ‘जसले अरुलाई आचरणमा राख्दछ र स्वयं पनि आचरणको पालना गर्छ’, स्मृतिमा भनिएको छ, ‘त्यो नै गुरु हुन्छ।’

बुधबार नै पुराणका रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ। व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको वेदका ज्ञाता बताउँछन्।

बुधबार पूर्णिमा तिथि ४७ घडी ४४ पला अर्थात् मध्यरात १२ बजेर २४ मिनेटसम्म रहेको पञ्चांगमा उल्लेख छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive