शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

साउन १ बाट ट्राफिकले निम्न कसुरमा पनि ५ हजार जरिवाना तिराउने

असार २९, २०७९

पर्वत : गण्डकी प्रदेशमा रहेका वा बाहिरबाट भित्रिने सवारीहरूलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जीमा अधिकतम ५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार प्रदेश भित्रका सम्पूर्ण जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमा प्रयोगमा ल्याइएको २४ घण्टे पुर्जीमा अधिकतम ५ हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने भन्ने कानुनी प्रावधान अनुसार सवारीलाई कडाइ गर्न लागिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार ५ हजार रुपैयाँ जरिवाना हुने अवस्थाको बारेमा सवारीका चालक तथा सञ्चालकहरुलाई जानकारी गराउने अभियान चलिरहेको छ।

अभियानको क्रममा निर्धारित भाडाभन्दा बढी भाडा लिई सवारी चलाएको, सवारी दर्ता नगरी चलाएको, बाटो इजाजत नलिई सार्वजनिक सवारी सेवा सञ्चालन गरेको, दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी गरेको तथा सम्पर्कमा नआएको, सवारी आवागमनमा बाधा गरेको, सामान्य स्वरूप परिवर्तन गरेको तथा कालो स्टिकर लगाएको, विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएको र यातायात सेवालाई पञ्जीकृत नगरेको अवस्थामा ट्राफिक प्रहरीले ५ हजार रुपैयाँसम्म जरिवाना गराउने सन्देश बाँडिएको छ।

जरिवानामा भएको मूल्य वृद्धिले सवारीका चालक र सञ्चालकहरुलाई थप जिम्मेवार बनाउने र सामान्य गल्ती गर्न नहिच्किचाउने बानीलाई निरुत्साहन गर्न सकिने ट्राफिक प्रहरीको विश्वास छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive