असार २९, २०७८
पर्वत : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण समूहवाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन प्रक्रिया अगाडी वढेको छ।
संस्थाको प्रवन्धपत्र बमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ। उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहवाट, १ जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहवाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था छ। निर्वाचित सञ्चालकहरुले आँफूमध्येवाट सहमतिमा १ जनालाई अध्यक्ष छनोट गर्ने व्यवस्था रहेको छ।
वित्तिय संस्थाको गत असार २४ गते प्रकाशित निर्वाचन कार्यक्रम अनुसार मङ्गलवार उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ। २ जना सञ्चालकको लागि ४ जनाको उम्मेदवारी दर्ता भएको संस्थाले जनाएको छ। प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुमा तनहुँको भिमाद नगरपालिका–२ का तिर्थराज सुवेदी, पर्वतको जलजला गाँउपालिका–८ नाङ्गलीवाङ्गका विप्लवजंग हमाल, काठमाडौँको चन्द्रगिरी नगरपालिका–१० सतुङ्गलका एन्जल श्रेष्ठ र चन्द्रगिरी इन्भेष्टमेन्ट ग्रुप प्रा.लि. काठमाण्डौका प्रतिनिधि मनिषा प्रधान रहेका छन्।
निर्वाचन कार्यक्रम अनुसार मङ्गलवार दिउसो ३ वजे देखि ४ वजेसम्म दावा विरोधको समय रहेकोमा कुनै उम्मेदवारको उम्मेदवारी माथि दावा विरोध परेको छैन। वुधवार विहान ११ वजे उम्मेदवारको दोश्रो नामावली प्रकाशन भए पश्चात दिउसो साढे १ वजे देखि साढे ४ वजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। तोकिएको समयभित्र सर्वसम्मत हुन नसकेमा यहि असार ३१ गते कुश्मा वजारमा संस्थाको तेश्रो वार्षिक साधारणसभासंगै मतदान हुने कार्यक्रम रहेको संस्थाका प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले जानकारी दिए।
संस्थाले प्रकाशन गरेको अन्तिम मतदाता सुची अनुसार सर्वसाधारण समूहमा ६२ हजार ५ सय २८ जना शेयरधनी रहेका छन्। उक्त शेयरधनीहरुसँग ८ लाख २८ लाख ७ सय ५० कित्ता शेयर रहेको छ।
नेष्डो लघुवित्त सञ्चालक चयनका लागि उम्मेदवारी, पर्वतबाट हमालको दावी
