बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

सुदिपको ‘छाता ओझेल पारी बल्ल भर्यो लेकाली’

असार २९, २०७९
पर्वत : एउटा जोडी जसले सधैँभरी एक हुने कसम खाएको हुन्छ। एक अर्कामा सधैँभर साथ दिने कसम खाएको भए पनि कुनै दिन उनीहरुको एकै खोलीको दुई किनार बन्ने बाध्यतामा पुग्छन्।
तीजको बेलामा माइत आएकी उनी र प्रेमीकोबिचमा भेट हुन्छ। ढल्के बरको छायाँमा बसेर उनीहरुले बिगतलाई सम्झिन्छन्। डुलेको, हाँसेको, रमाएको, प्रेममा रहँदा कहिल्यै नुछुट्टीने कसम खाएको आदि आदि। ‘फ्ल्यास ब्याक’ मा बिगतलाई सम्झिएर खुसी भए पनि उनीहरुको भेट भने दुखान्त हुन्छ। अबका दिनमा फेरि उस्तै सम्बन्धमा रहन खोजे दुवै तर्फका लागि हानिकारक हुन सक्ने उनको उनीहरु ठहराउँछन्। अनि निधो गर्छन आ आफ्नो बाटो लाग्ने।
कलाकार सूदीप क्षेत्रीले हालै मात्र सार्वजनिक गरेको तीज गीत ‘लेकाली’ को कथा हो यो। ‘डान्सीङ फ्लेवर’ मा बनेको गीतको लय, स्वर र शब्द रचना कलाकार क्षेत्रीले नै गरेका छन्। ‘फिमेल भोकल’ मा बत्ति थापा मगरले साथ दिएकी छिन्। डिजिटल स्टार पोखराबाट प्रस्तुत भएको गीतको एरेन्ज तारानाथ आचार्यको रहेको छ। होम गुरुङको ‘कोरियोग्राफी’ र तारानाथ आचार्यको निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा समिर परियार र अस्मी थापाको अभिनय रहेको छ। पर्वतको कुश्मा नगरपालिका–८ चुवामा छायांकन गरिएको गीतको कोरस नृत्य नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरुले गरेका छन्।
हेर्नुहोस भिडियो :

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive