मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

यस्तो छ कृषि ज्ञान केन्द्र पर्वतको एक वर्षको कार्यप्रगति

असार ३०, २०७९
पर्वत : हरेक वर्ष समयमा नै सार्वजनिक सुनुवाई गरेर कार्यालयले गरेका कामहरु सार्वजनिक गर्दै आएको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले आर्थिक वर्ष २०७८÷७९ मा सम्पादन गरेका कामहरु पनि सार्वजनिक गरेको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका संयोजक, समन्वय अधिकारी, स्थानीय तहमा रहेका कृषि प्राबिधिक तथा पत्रकारहरुबीच संयुक्त कार्यक्रमको आयोजना गरी कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले एक वर्षमा सम्पन्न गरिएका काम, पूरा नभएका तथा नगरिएका कार्यक्रमहरु सहित कार्यालयले गरेको आर्थिक कारोबारको विषयमा जानकारी दिएकी हुन्।
उनका अनुसार कार्यालयले राखेका सञ्चालन गरेका आयोजनामा ९१.९५ प्रतिशत लक्ष्य पूरा भएका छन्। प्रदेशको चालुमा ८० लक्ष्य भार रहेकोमा प्रगति भार ७८ भएको छ, जुन ९७.५ प्रतिशत हो। प्रदेशको पुँजीमा २० लक्ष्य भार राखिएकोमा १९.८ पूरा भएको छ, जुन ९९ प्रतिशत हुन आउँछ। संघीय कार्यक्रम अन्तर्गत कृषि विभाग, कृषि विकास रणनीति र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १० लक्ष्य भार रहेको तिनीहरुमा क्रमशः ७१, १०० र ९९ प्रगति भार रहेको छ।
यस्तै वित्तिय प्रगति ८९.२७ प्रतिशत रहेको छ। प्रदेशको शसर्त अनुदान अन्तर्गत मुख्यमन्त्री जलबायूमैत्री नमूना कृषि गाउँ कार्यक्रममा ८९.६४, संघीय कार्यक्रम अन्तर्गत कृषि विभागको ६४.१, कृषि विकास रणनीतिमा ९९.१३ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा ९७.३० प्रगति रहेको छ।
मुख्य मुख्य कार्यक्रमहरु अन्तर्गत जलवायूमैत्री नमूना कृषि गाउँमा कृषि तथा पशुपक्षी प्रबद्र्धन सम्बन्धि बिशेष कार्यक्रममा ७ ओटा, ग्रामिण पोषण सुरक्षामा ६ ओटा, पुरानो ब्लक निरन्तरतामा ७ ओटा, जिल्लास्तर बीउबिजन आत्मनिर्भर कार्यक्रममा ३ ओटा, स्रोत केन्द्र स्थापना तथा शुद्धीकरण कार्यक्रममा ६ ओटा, उन्नत कृषि प्रबिधि प्रदर्शन १८ ओटा, क्षेत्रफलका आधारमा प्रात्सहानमा ६९ ओटा, बाँझो जग्गामा खेती प्रोत्सहानमा १५० रोपनी र बिशेष बाली प्रवद्र्धन कार्यक्रममा १० ओटा आयोजनामा भुक्तानी भएको छ।
अधिकृत थापाका अनुसार खर्च हुन नसकेका तथा लक्ष्य अनुसार पूरा नभएका केही कार्यक्रमहरु रहेका छन्। नेपालमा नै प्रबिधि नरहेका कारण ५ लाख रुपैयाँको बायोचार प्रदर्शन कार्यक्रम सञ्चालन गर्न सकिएको छैन्। गोरखा जिल्लामा तयार गरेर प्रदर्शन गर्ने भनिएको भए पनि गोरखाले तयार गर्न नसक्दा यो कार्यक्रम पूरा नभएको हो। बाली वीमाको शुल्कमा २५ प्रतिशत अनुदान अन्तर्गत ४ लाख १६ हजार ९९४ रुपैयाँ फिर्ता हुने भएको छ। बाली बिमाको झन्झटिलो प्रकृया, जनचेतनाको कमी, दाबी भुक्तानीमा समस्या लगायतका कारण यो रकम फिर्ता भएको हो। बाँझो जमिनमा खेती प्रोत्साहन कार्यक्रमको १ लाख २७ हजार ५०० रुपैयाँ सम्झौता अनुसारको क्षेत्रफल विस्तार नभएका कारण कम भुक्तानी हुन सकेन। सम्झौता भएकामध्ये एउटा आयोजना सम्पन्न नभएका कारण साना सिँचाई कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँ फिर्ता भएको छ। यस्तै कृषकहरु आवद्ध हुन नचाहेका कारण उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदानमध्येको २ लाख ९७ हजार रुपैयाँ खर्च हुन सकेन।
बिज बृद्धिको लागि पुर्वाधार सहयोग कार्यक्रमको लागि असार १३ गते मात्रै अख्तियारी आउँदा यो कार्यक्रम सञ्चालन हुनै सकेन। अख्तियारी पाएपछि १५ दिनको मिति राखेर सूचना निकाल्नु पर्दा आर्थिक वर्ष नै समाप्त हुने भए पनि यो कार्यक्रमका लागि रहेको ६ लाख २८ हजार रुपैयाँ खर्च भएन। प्राङ्गारिक उत्पादनका लागि प्लाष्टिक घरबाट १ लाख ८८ हजार १९३ रुपैयाँ तथा एकल फर्मको लागि खुला जमिनमा प्राङ्गारिक खेतीमा १ लाख ६८ हजार ३०० सय रुपैयाँ भुक्तान हुन सकेको छैन्। सम्झौता अनुसारको क्षेत्रफल विस्तार नभएका कारण यी शीर्षकमा कम भुन्तानी भएको हो।
जिल्लामा मुख्यमन्त्री जलवायूमैत्री कृषि गाउँ कार्यक्रम, ग्रामीण पोषण सुधार, पुरानो व्लकको निरन्तरता, स्रोतकेन्द्र स्थापना तथा शुद्धिकरण कार्यक्रम, उन्नती कृषि प्रवर्दन, क्षेत्रफलका आधारमा प्रोत्साहन, बाँझो जमिनको उपयोग, विशेष वाली प्रवर्दन कार्यक्रम चालु वर्षका मुख्य उपलब्धी रहेको केन्द्र प्रमुख मनिता थापाको भनाई छ। उनले कृषिलाई व्यवसायिककरण गर्न पूर्वाधार विकास, किसानलाई प्रविधि सहयोग, संकलन केन्द्र विस्तार, विभिन्न खालका तालिम, सुन्तला, अलैँची, मौरी व्लक क्षेत्र थप भएको बताईन। यस्तै आकस्मिक बाली संरक्षण कार्यक्रम, कृषि उपजको बजार प्रवर्दन,खुल्ला जमिनमा प्रागांरिक खेती, रैथाने वाली विकास कार्यक्रम पनि कार्यालयको प्रगतिमा समाबेश गरिएका छन्।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकले कृषिको व्यवसायिकरणमा जोड दिए। उनले अनुदान र सहयोग मात्रै नभएर अव बजारीकरण बिस्तार र आयात प्रतिस्थापन तर्फ कार्यक्रमहरु तय गर्न सुझाव पेस गरे। कृषिका कार्यक्रम पहुँचवालाको मात्रै नभएर तल्लो स्तरका नागरिकको पहुँच सम्म पु¥याउन विकले आग्रह गरे। प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले नागरिकलाई सेवा दिन स्थापना भएका कार्यालयहरुले नागरिकको आवश्यकताका आधारमा कार्यक्रम र योजना कार्यान्वयन गरिनुपर्ने बताए। ठाउँ सुहाउँदो बाली लगाउने र परम्परागत विधिलाई आधुनिक बनाउन ज्ञान केन्द्रले बढि जोड दिन उनको अनुरोध थियो। ज्ञान केन्द्रले समयमा नै सार्वजनिक सुनुवाई गरेर गरेका कामहरु सबैका अगाडि राख्नु राम्रो काम रहेको भन्दै प्रशंसा पनि गरे।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सोमवहादुर जिसी, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख राम्जीप्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी सुरेश ढकाल, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना बागलुङका निमित्त प्रमुख सुजित पौडेल, कृषि ज्ञान केन्द्र पर्वतका कृषि प्रसार अधिकृत विश्वास काफले, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना बागलुङका कृषि अधिकृत नारायण पौडेल लगायतले कार्यालयसंग सम्बन्धित गुनासोका जवाफ दिएका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive