मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

काँग्रेसद्धारा मोदीवेणीमा बस्ने ज्येष्ठ नागरिकलाई फलफूल वितरण

व्यक्तिगत रुपमा पनि ज्येष्ठ नागरिकलाई सहयोग गर्छु : सभापति जोशी

साउन ६, २०७९

साउन ६, २०७९
पर्वत : शुक्रवार मनाइएको महामानव स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको ४० औं स्मृती दिवस तथा राष्ट्रिय मेलमिलाप दिवसको आवसर पारेर कुश्मा नगरपालिका–५ मोदीबेणी धाममा फलफूल वितरण गरिएको छ।
नेपाली काँग्रेस पर्वतले कोईरालाको स्मरणमा मोदीवेणी धाममा रहेको बृच्द्धाश्रममा बस्दै आएका १५ जना ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरिएको हो। जननायक, महामानव लगायतका उपनामले परिचित नेपाली कांग्रेसका संस्थापक एवं जनताबाट निर्वाचित पहिलो प्रधानमन्त्रीका रुपमा आम नेपाली राजनीतिक बृत्तले कोइरालालाई स्मरण गरिरहन्छ ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, उपसभापति शिव सुबेदी, कोषाध्यक्ष हेम शर्मा, सहसचिव एवं प्रवक्ता अच्युत तिवारी, नगर सभापति किशोर भण्डारी, कुल प्रसाद उपाध्याय, लगायतका नेताहरु सहभागी थिए। जेष्ठ नागरिक आश्रमका अध्यक्ष दीर्घनारायण श्रेष्ठ, उपाध्यक्ष खुमराज पराजुलीको रोहवरमा सबै जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गर्दै नेपाली काँग्रेस पर्वतका सभापति जोशीले यो सामान्य भेटघाट मात्रै भएको भन्दै आश्रमका लागि जस्तोसुकै सहयोग गर्न पार्टी तयार रहेको बताए । उनले आफुले व्यक्तिगत तर्फबाट १५ बोरा चामल सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा बोल्दै जोशीले ‘हरेक किसानको घरमा एउटा दुहुनो गाइ होस्, पर्याप्त खान पुग्ने जमिन होस्, अनि बिरामी पर्दा उपचार गर्ने पैसा साथमा होस् । अनि मात्रै देसको विकास हुन्छ,’ भन्ने नाराका साथ राजनीतिमा होमिएका कोइरालाको सपना अझै पुरा हुन नसकेको बताए । नेपालमा अस्थीर राजनीतिका कारण अझै जनता मालिक हुन नसकेको बताउँदै जोशीले राजनीतिक स्थीरताका लागि नेपाली कांग्रेसलाई बहुमत दिएर जनताले सरकार सञ्चालनको अवसर दिनुपर्ने बताए ।
आश्रमका अध्यक्ष र अन्य पदाधिकारीहरुले महामानव बिपि कोइरालाको स्मृती दिवसका अवसरमा आश्रमलाई सम्झेकोमा धन्यबाद ज्ञापन गरे । पर्वत सभापति जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव एवं प्रवक्ता तिवारीले गरेका थिए ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive