बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्वारा वृक्षारोपण

साउन १३, २०७९

साउन १३, २०७९
पोखरा : नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश श्रीमती संघ, पोखराकी अध्यक्ष दिपा जोशी लगायत संघका अन्य पदाधीकारीहरुले गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा बिभिन्न प्रजातीका वृक्षारोपण गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष जोशीले पर्यावरण जगेर्ना गर्न बोटबिरुवाले अहम भुमिका निर्वाह गर्ने बताउँदै मानव स्वास्थ्य र बाताबरणमा ह्रास आउन नदिन बृक्षारोपण गर्नु पर्नेमा जोड दिईन्। जोशीले उक्त अवसर प्रदान गरिदिने गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुमा धन्यबाद समेत व्यक्त गरिन।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्त लगायत अन्य प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive