साउन १३ पर्वत
पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गरिएको छ । आज र भोली दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९६ जना रहेको , पर्वत जिल्ला सहित बागलुङ, स्याङ्जा, कास्की तथा धादिङ र चितवन बाट खेलाडी सहभागी भएका छन् । पर्वत ब्याडमिण्टन संघले कार्यक्रमको आयोजना गरेको हो । यो प्रतियोगिताले खेलाडीहरुको क्षमता विकास हुने तथा खेलप्रतिको मोह बढाउने आयोजको अपेक्षा छ ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको नेपाली काँग्रेस पर्वतका सभापति एबं पर्वत ब्याडमिण्टन संघका सल्लाहकार यूवराज जोशीले उद्घाटन गर्नुभयो । जोशीले खेलकूदको विकासमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले खेलकूदले खेलाडीको व्याक्तित्व विकास, देशको गरिमाको विकास संगै दुव्यर्सनमा फस्ने यूवालाई खेलकुदमा समाहित गर्न सकिने भएकाले खेलकूद अपरिहार्य रहेको बिचार राख्नुभयो । सभापति जोशीले कुश्माका यूवाहरुले करोडौँको कभर्डहल बनाएको भन्दै राज्यले गर्नुपर्ने काम व्याक्तिव्याक्तिले गरेको भन्दै राज्यको ध्यानाकर्षण गराउनुभयो । प्रमुख अतिथी समेत रहेका सभापति जोशीले ब्याडमिण्टनमा प्रथम हुने लाई बन्जिजम्प निशुल्क र अन्य सहभागी टोलीलाई बन्जि परिषरमा घुम्नका लागि निशुल्क व्यवस्था गर्ने उद्घोष गर्नुभएको थियो ।
ससत्र प्रहरी बल चण्डिका गणका गणपति नरेन्द्र बमले खेलकूदको माध्यमबाट राष्ट्र र राष्ट्रियताको पहिचान बढ्ने धारणा राख्नुभयो । प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दित्तिय हुनेले १५ हजार र तृतिय हुनेले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने पर्वत ब्याडमिण्टन संघका अध्यक्ष प्रेम गुरुङ ‘माइला’ले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले खेलकूदको विकासमा राज्यको ध्यान जान जरुरी रहेकोमा जोड दिनुभएको थियो । अध्यक्ष प्रेम गुरुङ ‘माइला’को सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष रविकुमार श्रेष्ठले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव अर्जुन चापागाईले गर्नुभएको थियो ।