मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026

पर्वतमा गण्डकी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता

खेलकूदले यूवा लाई सृजनात्मक बनाउने जोशीको धारणा

साउन १३, २०७९
साउन १३ पर्वत
पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गरिएको छ । आज र भोली दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९६ जना रहेको , पर्वत जिल्ला सहित बागलुङ, स्याङ्जा, कास्की तथा धादिङ र चितवन बाट खेलाडी सहभागी भएका छन् । पर्वत ब्याडमिण्टन संघले कार्यक्रमको आयोजना गरेको हो । यो प्रतियोगिताले खेलाडीहरुको क्षमता विकास हुने तथा खेलप्रतिको मोह बढाउने आयोजको अपेक्षा छ ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको नेपाली काँग्रेस पर्वतका सभापति एबं पर्वत ब्याडमिण्टन संघका सल्लाहकार यूवराज जोशीले उद्घाटन गर्नुभयो । जोशीले खेलकूदको विकासमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले खेलकूदले खेलाडीको व्याक्तित्व विकास, देशको गरिमाको विकास संगै दुव्यर्सनमा फस्ने यूवालाई खेलकुदमा समाहित गर्न सकिने भएकाले खेलकूद अपरिहार्य रहेको बिचार राख्नुभयो । सभापति जोशीले कुश्माका यूवाहरुले करोडौँको कभर्डहल बनाएको भन्दै राज्यले गर्नुपर्ने काम व्याक्तिव्याक्तिले गरेको भन्दै राज्यको ध्यानाकर्षण गराउनुभयो । प्रमुख अतिथी समेत रहेका सभापति जोशीले ब्याडमिण्टनमा प्रथम हुने लाई बन्जिजम्प निशुल्क र अन्य सहभागी टोलीलाई बन्जि परिषरमा घुम्नका लागि निशुल्क व्यवस्था गर्ने उद्घोष गर्नुभएको थियो ।
ससत्र प्रहरी बल चण्डिका गणका गणपति नरेन्द्र बमले खेलकूदको माध्यमबाट राष्ट्र र राष्ट्रियताको पहिचान बढ्ने धारणा राख्नुभयो । प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दित्तिय हुनेले १५ हजार र तृतिय हुनेले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने पर्वत ब्याडमिण्टन संघका अध्यक्ष प्रेम गुरुङ ‘माइला’ले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले खेलकूदको विकासमा राज्यको ध्यान जान जरुरी रहेकोमा जोड दिनुभएको थियो । अध्यक्ष प्रेम गुरुङ ‘माइला’को सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष रविकुमार श्रेष्ठले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव अर्जुन चापागाईले गर्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive