मङ्लबार, चैत्र ११, २०८१
Tuesday, March 25, 2025

संघ र प्रदेशको निर्वाचनको लागि हामी एकताबद्ध छौँ : जोशी

पर्वत : नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले आउँदो मङ्सिर ४ मा हुन लागेको संघ र प्रदेशको निर्वाचनको लागि नेपाली काँग्रेस सहित गठबन्धनमा रहेका दलहरु एकताबद्ध रहेको बताएका छन्।
नेपाली काँग्रेस पैयुँ गाउँपालिकाको आयोजनामा शनिवार पैयूँ गाउँपालिकाको त्रिवेणीमा आयोजना भएको पैयुँ गाउँपालिका स्तरीय बृहत भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनले राम्रो नतिजा ल्याएको जस्तै आगामी निर्वाचनमा पनि गठबन्धनको पक्षमा राम्रो नतिजा आउने बताए।
नेपाली काँग्रेस लोकतान्त्रिक दल भएकाले यसमा आस्थावानहरु धेरै रहेकोले दलभित्र सामान्य मतभेदका कुराहरु आउनु स्वभाविकै भएको बताउँदै नेता जोशीले बिगतका गल्तीहरुलाई विर्षिएर सुधारिएमा काँग्रेसले आउँदो निर्वाचनमा झनै राम्रो नतिजा निकाल्ने उनको भनाई छ। ‘काँग्रेस लोकतान्त्रिक पार्टी, यसमा आस्थावान धेरै भएका कारण सानातिना कुरा भइहाल्छन्। वैचारिक वहस हुन पाउनु नै लोकतान्त्रिक तरिका हो,’ नेता जोशीले भने, ‘विगतका गल्ती विर्सिएर सुधारियौँ भने काँग्रेसले आगामी निर्वाचनमा झनै राम्रो नतिजा ल्याउने छ।’
विगतमा कसैबाट गल्ती भएको भएमा सुधारको सुरुवात आँफैबाट गरेमा उसको विचार र सिद्धान्त कहिल्यै पनि नमर्ने भन्दै उनले निर्वाचानमा सफल हुनको लागि जनताको मनमा बसेको उम्मेद्वार आवश्यक रहने बताए। जनताको भावना बुझेर काम गर्न सके मात्रै जनताले विश्वास गर्ने भएका कारण समाज र दलको नेतृत्व गर्ने व्यक्तिले व्यक्तिका भन्दा पनि सामाजिक मुद्धा बोकेको हुनुपर्ने जोशीको भनाई छ। वर्तमान सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षाको लागि बनेको एकता भएको भन्दै उनले संबिधान, लोकतन्त्र र संघियताको रक्षाको लागि काँग्रेसको नेतृत्व नै आवश्यक रहेको उनले बताए।
लोकतन्त्र र संबिधानको रक्षा गर्नको लागि नै अहिलेको गठबन्धन सरकार बनेको बताउँदै नेता जोशीले आउने निर्वाचनमा ईमान्दारीताका साथ गठबन्धनका उम्मेद्वारहरुलाई नै मतदान गर्न नेता तथा कार्यकतालाई अनुरोध गरे।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका निवर्तमान सभापति खिमप्रसाद भुसाल, नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति तथा बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङ, नेता एकनारायण न्यौपाने, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य गुप्तप्रताप सेन, लगायतले पनि बोलेका थिए भने पैयूँ गाउँपालिकाका प्रमुख तोरण मल्ल ठकुरी (राज), निवर्तमान उपाध्यक्ष जसमति गुरुङ, अध्यक्ष खगेन्द्रप्रसाद तिवारी लगायत गाउँपालिकाका तथा वडा तहसम्म रहेका कार्यसमितिका सभापति तथा प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो।
नेपाली काँग्रेस पैयूँ गाउँपालिकाका सभापति डम्मर कुमार प्रधानको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद भुर्तेलले गरेका थिए।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive