मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

म्याग्दीमा दुईटाउका भएको अनौठो पाडो

साउन २४, २०७९

म्याग्दी : म्याग्दीमा भैँसीले दुईवटा टाउको भएको अनौठो पाडो जन्माएको छ। बेनी नगरपालिका–५ डडुवाका किसान होमबहादुर खत्री ‘राजु’ ले पालेको भैँसीले मंगलवार दुई वटा टाउको भएको पाडो जन्माएको हो।

गाउँका अगुवा किसान खत्रीका अनुसार भैँसी सहजै नब्याउन नसकेपछि उनको प्रयासमा एउटै शरीर तर टाउका दुई वटा भएको पाडो जन्मिएको जानकारी दिए।

उनले भने, ‘पाडाेका दुईवटा टाउकाेसँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएका छन्। दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बाँचेन।’

यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले जिन (वंशाणु) को समस्या भएको बताउँदै यस्तो अवस्थामा सावधानी अपनाउनुपर्ने बताए।

‘यस्तो कमै हुन्छ, यस्तो अवस्थामा जन्मिएका पाडापाडी जीवित हुने सम्भावना न्यून हुन्छ‚’ रेग्मीले भने।

thahakhabar

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive