बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

आगामी पाँच दिन पर्वतका यी ठाउँमा दिउसोमा विद्युत अबरुद्ध हुने

भदौ २४, २०७९

पर्वत : नेपाल विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्र पर्वतले आगामी पाँच दिनसम्म जिल्लाका केही स्थानहरुमा विद्युत सेवा अबरुद्ध रहने बताएको छ ।
केन्द्र प्रमखु शिवनारायण गोशलीका अनुसार पर्वत वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने स्थानहरुमा विद्युत लाईन वरीपरी रहेका रुख, बाँस, घाँस काट्ने, ट्रान्सफर्मर मर्मत कार्य गर्ने तथा लाईन सुधार कार्य गर्नको लागि बिद्युत अबरुद्ध हुने भएको हो ।
११ के.भी. रत्नेचौर फिडर अन्तर्गत जलजला गाउँपालिकाको वडा नं. ४, ७, ८ का क्षेत्रहरु लगायत मिलनचोक, लस्ती, फर्से, नाग्लीवाङ, धाईरिङ र ११ के.भी. बडागाउँ फिडर अन्तर्गत पर्वत अस्पताल, पर्वत जिल्ला अदालत, कटुवाचौपारी, ज्ञादी, मलमेडाँडा क्षेत्रमा विद्युत अबरुद्ध हुने छ ।
यही भदौ २५ देखि २९ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत लाइन अबरुद्ध हुने पर्वत वितरण केन्द्रले जानकारी दिएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive