शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
spot_img

चाडपर्व लक्षित सवारी जाँचमा पर्वत ट्राफिक

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै जिल्लाका विभिन्न स्थानमा पुगेर गरिने चेकजाँचलाई बाक्लो बनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार नेपालीहरुका महान चाड नजिकै आउँदा सवारी र यात्रु दुवैको चाप बढ्ने भएकाले चेकजाँचलाई बढाइएको हो । यात्रुको चाप बढेको बेलामा भाडा असुली बढी हुन सक्ने, यात्रुहरु ठगिने तथा यात्रुहरुको झोला हराउने र साटीने, सवारीहरुमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घट्नाको जोखिम हुने लगायतका समस्याहरु आउन सक्ने भएकोले चेकजाँच बढाइएको हो । प्रहरी नायव निरीक्षक निउरेले बजारभित्र मात्र चेकजाँच हुँदा ग्रामिण क्षेत्रमा चल्ने समस्या बढ्न सक्ने भएकाले सदरमुकाम कुश्मा बजार बाहिरका बिभिन्न स्थानमा पुगेर पनि जाँच गर्न थालिएको बताए ।
सबैभन्दा बढी चाप मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडकमा हुने भए पनि उक्त सडकका अन्य ठाउँमा पनि चेकजाँच हुने गरेको छ । पोखरा–बागलुङ सडक अन्तर्गत कास्कीको सिम्पानी, हेम्जा, नाउँडाँडा, नयाँपुल, पर्वतको डिमुवा, अम्बोट, कुश्मा र मालढुङ्गामा चेकजाँच हुने गरेको छ । उक्त सडकमा चल्ने सवारीहरुको निरीक्षण नियमित रुपमा हुने गरेको भए पनि जिल्लाका ग्रामिण क्षेत्रदेखि सदरमुकामसम्म आउजाउ गर्ने सवारीहरुको चेकजाँच बिरलै हुने गरेको छ ।
चेकजाँच कम भएको मौका छोपेर सवारी सञ्चालनमा लापरबाही हुन सक्ने भएकाले ट्राफिक प्रहरीले ग्रामिण क्षेत्रको चोकजाँचलाई पनि बाक्लो बनाएको निउरेको भनाई छ । यात्राका क्रममा पनि समस्या आएमा तत्कालै ट्राफिकलाई फोन गरेर समस्याको बारेमा जानकारी गराउन पनि ट्राफिक प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ ।
जिल्लाभित्रका कालोपत्रे गरिएका तथा कच्ची सडकमा चल्ने जीप र बस सहित टेम्पूको पनि भाडादर कायम गरिसकिएकाले सोही अनुसारको भाडा लिन पनि ट्राफिक प्रहरीले सवारी सञ्चालकहरुलाई अनुरोध गरेको छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive