शनि, माघ १०, २०८२
Sat, January 24, 2026

बाल दिवसमा कुश्मा नगरपालिकाले हाजिरीजवाफ प्रतियोगिता गर्दै

भदौ २७, २०७९

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ।
नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीका अनुसार नगरपालिकाभित्रका विद्यालयहरुले सहभागी पठाउन सक्ने प्रतियोगितामा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुबाट एक जना छात्रा सहित तीन जनाको समूह सहभागी हुन पाउने छ। शिवालय माध्यमिक विद्यालय कुश्मामा आयोजना गरिने प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरुले भददौ २८ गते साँझ पाँच बजेभित्रमा नगरपालिकाको शिक्षा शाखामा नाम दर्ता गरिसक्नुपर्ने भनिएको छ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थानमा आउने समूहलाई क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ सहित प्रमाणपत्र उपलब्ध गराइने पनि शिक्षा अधिकृत सुवेदीले बताए।
प्रतियोगितामा ५० प्रतिशत प्रश्नहरु पाठ्यक्रम तथा पाठ्यविषयबाट र ५० प्रतिशत प्रश्नहरु सामान्य ज्ञानबाट सोधिने छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive