शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

रिक्त पदमा नगर प्रहरी भर्ती गर्दै जलजला गाउँपालिका

माघ १०, २०७९

पर्वत : पर्वतको जलजला गाउँपालिकाले नगर प्रहरी भर्ना गर्नका लागि विज्ञापन आह्वान गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीद्धारा मङ्गलवार सार्वजनिक गरिएको सूचनामा एक जना नगर प्रहरी प्रमुख र एक जना नगर प्रहरी जवानमा आवेदन दिन भनिएको छ । रिक्त रहेका पदमा पदपूर्ति गर्नका लागि यही माघको २४ गतेसम्ममा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन भनिएको छ ।
आवदेन दिनका लागि नेपाली नागरिकताको प्रमाणपत्र भएको हुनुपर्ने, नगर प्रहरी प्रमुखका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको तथा नगर प्रहरी जवानको लागी १८ वर्ष पुरा भइ २३ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी वा नेपाली सेनावाट अवकाश प्राप्त व्यक्तिको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।
आवेदन दिने व्यक्ति कुनै पनि नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको, नेपाल मेडिकल काउन्सिलवाट मान्यता प्राप्त चिकित्सकले दिएको निरोगिता प्रमाणपत्र भएको हुनुपर्ने भनिएको छ । यस्तै सम्बन्धित ईलाका वा नजिकको प्रहरी कार्यालयबाट जारी भएको चारित्रिक प्रमाणपत्र पनि आवेदनको साथमा पेस गर्नुपर्ने छ ।
नगर प्रहरी प्रमुखका लागि मान्यता प्राप्त शैक्षिक संस्थावाट प्रविणता प्रमाण पत्र तह वा सोसरह उत्तीर्ण गरेको र नगर प्रहरी जवानको लागि मान्यता प्राप्त शैक्षिक संस्थावाट आधारभूत तह अर्थात आठ कक्षा वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने भनिएको छ ।
गाउँपालिकाले नियुक्त गर्ने नगर प्रहरीको सुविधा गाउँपालिकाले तोके बमोजिम हुने र परीक्षा गाउँपालिकाको कार्यविधि अनुसार शारिरीक तन्दुरुस्ती परीक्षा र कार्यालयले निर्धारण गरेको समयमा हुने भनिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive