बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026

पर्वत मञ्च हङकङको अध्यक्षमा गुरुङ सर्वसम्मत

जेष्ठ ३, २०८०

पर्वत : पर्वत घर भई हङकङमा रहँदै आएकाहरुको सङ्गठन पर्वत मञ्च हङकङको छैटौँ अधिवेशनबाट दुर्गा गुरुङ ‘मिलन’ अध्यक्षमा सर्वसम्मत भएका छन्।
अघिल्लो कार्यकालमा पनि अध्यक्ष रहेका गुरुङ आगामी कार्यकालका लागि पनि अध्यक्षमा नै सर्वसम्मत चयन भएका हुन्। समितिको उपाध्यक्षमा भिम गुरुङ, महासचिवमा आस गुरुङ, सचिवमा मञ्जिल कामना गुरुङ र कोषाध्यक्षमा नातीकाजी गुरुङ (अप्पु) चयन भएका छन्।
बन्द सत्रको दोस्रो कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष धरम कुमार गुरुङ, सदस्य मिन गुरुङ र मनबहादुर पुनको रोहबरमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
दुर्गा गुरुङ ‘मिलन’ को अध्यक्षतामा भएको कार्यक्रममा विसन गुरुङ प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा मञ्चका सल्लाहकारहरु र इकाईका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो।
पर्वत मञ्च हङकङ बिभिन्न १० ओटा इकाई संस्थाहरुको साझा संस्थाका रुपमा सन २००८ मा स्थापना भएको हो। संस्थाले सन २०१२ मा पर्वतका लायन्स क्लबहरुसँग सहकार्य गरेर दुई दिने आँखा शिविर सञ्चालन गरेको थियो। संस्थाले पर्वत अस्पतालमा रहेको आँखा उपचार केन्द्रमा दुई लाख रुपैयाँको अक्षयकोष पनि राखेको छ। उक्त अक्षयकोष तत्कालिन सचिव दुर्गा गुरुङ ‘मिलन’ ले नै स्थापना गरेका हुन्।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive