बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

गण्डकी : उत्कृष्ट कार्यसम्पादनका लागि ५० जना प्रहरी कर्मचारीलाई ‘ड्राइभिङ’ तालिम

भदौ २३, २०८०

पर्वत : प्रहरी कर्मचारीलाई व्यावसायिक र सिपयुक्त बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रदेशका ५० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक प्रशिक्षण प्रदान गरेको छ।
बहालवाल प्रहरी कर्मचारीलाई व्यावसायिक र सिपयुक्त बनाउँदा उनीहरूको कार्यसम्पादनमा अझै राम्रो नतिजा ल्याउन सकिने भन्दै हलुका सवारी साधन (कार÷जिप) ‘ड्राइभिङ’ तालिम दिइएको हो। गण्डकी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूमा रही उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई प्रेरणा स्वरूप प्रदान गरिएको उक्त तालिममा गोरखाबाट तीन जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट चार जना, कास्कीबाट १६ जना, तनहुँबाट आठ जना, स्याङ्जाबाट चार जना, बागलुङबाट चार जना, म्याग्दीबाट दुई जना, पर्वतबाट दुई जना, मुस्ताङबाट दुई जना, लमजुङबाट तीन जना र मनाङबाट दुई जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
गण्डकी प्रदेश प्रहरीको प्रहरी कल्याण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले सहभागी प्रहरी कर्मचारीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले गरेको अपेक्षा अनुरूप कार्यक्षेत्रमा जाँदा तालिमबाट सिकेका कुराहरूलाई उपयोग गरी प्रहरी सेवा अवकाश पश्चात् पनि एउटा कुशल चालकका रूपमा आफूलाई स्थापित गराउने अपेक्षा व्यक्त गरे।
समापन कार्यक्रममा प्रहरी निरीक्षक रवीन्द्र थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। विभिन्न नौ  जिल्लाका ११ वटा ड्राइभिङ तालिम प्रदायक संस्थाहरूसँग आवश्यक समन्वय गरी सञ्चालन गरिएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive