शनि, असार ७, २०८२
Sat, June 21, 2025

तीजका कार्यक्रममा रकम संकलन गरे कारबाही गर्ने पर्वत प्रशासनको चेतावनी

भदौ २६, २०८०

पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज तडकभडक तरीकाले मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यद्वारा जारी सूचनामा विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने क्रममा अत्यन्त खर्चिला तथा तडकभडकयुक्त कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसङ्गति एवं सामाजिक अपराधलाई प्रोत्साहन पुग्न गएको देखिएको भनिएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गरेको जानकारी गराउँदै प्रशासनले यो भन्दा विपरीत गएमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको हो।

आफ्नो परम्परा एवम् रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक नियम विपरीत हुने गरी कोही कसैले अनावश्यक भड्किलो रूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका अन्य स्थानहरूमा कानुन विपरीत रकम संकलन गर्ने उद्देश्यले तिजको अवसरमा मेला, महोत्सव आयोजना गर्न नपाइने सूचनामा उल्लेख छ।

‘विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने क्रममा अत्यन्त खर्चिला तथा तडकभडकयुक्त कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसङ्गति एवं सामाजिक अपराधलाई प्रोत्साहन पुग्न गएको देखिन्छ’, सूचनामा लेखिएको छ, ‘कोही कसैले अनावश्यक भड्किलो रूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका अन्य स्थानहरूमा कानुन विपरीत रकम संकलन गर्ने उद्देश्यले तिजको अवसरमा मेला, महोत्सव आयोजना नगर्न नगराउनुहुन अनुरोध छ। यस सूचना विपरीत गरे गराएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।’

सामाजिक अनुशासन कायम गर्ने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ संस्था, सञ्चारकर्मी र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको प्रशासनले बताएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive