बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

आइतबार पर्वतको कुश्मामा सम्बोधन गर्दै काँग्रेस महामन्त्री थापा

पुस १, २०८०

पर्वत : नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले आइतबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने भएका छन्।
आइतबार र सोमबारको लागि आयोजना गरिएको नेपाली काँग्रेस पर्वतको प्रदेशसभा (क) को प्रथम क्षेत्रीय सम्मेलनमा सहभागी हुन आउनेहरूलाई नेता थापा सहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी लगायतका नेताहरूले सम्बोधन गर्न लागेका हुन्।
सदरमुकाम स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको सबै तयारी पूरा भएको नेपाली काँग्रेस पर्वत प्रदेश सभा (क) का सभापति राजकुमार क्षेत्रीले बताए। सङ्गठनलाई गतिशील र प्रभावकारी बनाउने उद्देश्यले विधानमा भएको व्यवस्था अनुसार पार्टीले सबै तहका सम्मेलन गर्ने अभियानमा जुटेको उनको भनाइ छ।
सम्मेलनमा पार्टी सभापतिको राजनीतिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् भने पार्टीले आगामी दिनमा गर्ने साङ्गठनिक कामहरू र रणनीतिक योजनाहरूलाई समेत यो सम्मेलनले पारित गर्ने छ।
सम्मेलनमा जिल्लाको कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाका क्षेत्रीय अधिवेशन प्रतिनिधि गरी झन्डै साढे छ सय जनाको सहभागिता रहने छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive