मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

नारायण मा.वि.ले उचाल्यो कुश्माको राष्ट्रपति रनिङ शिल्ड

पुस १३, २०८०

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयले जितेको छ ।
प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत विजेता बनेको नारायण मा.वि.ले गत वर्षको तुलनामा स्वर्ण पदकको सङ्ख्या अझ बढाउँदै यस पटक पनि शिल्ड उचालेको हो । अघिल्लो वर्ष १२ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल २७ पदक जितेकोमा यस वर्षको दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कास्य गरी कुल ३८ पदक नारायण मा।वि।ले जितेको छ ।
प्रतियोगितामा ९ स्वर्ण, १४ रजत र ११ कास्य गरी ३४ पदक सहित कुश्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालय दोस्रो स्थानमा आएको छ । शिवालयले पहिलो संस्करणमा ६ स्वर्ण, १० रजत र छ कास्य गरी २२ पदक जितेको थियो । यस्तै पर्वत गुरुकुल एकेडेमी तेस्रो स्थानमा स्थानमा आएको छ । गुरुकुललाई ९ स्वर्ण, ६ रजत र ५ कास्य गरी २० पदक प्राप्त भएका छन् । एथ्लेटीक्सतर्फ १ मा स्वर्ण हात पारेको विद्यालयले बाँकी ८ स्वर्ण कराँते र तेक्वान्दोबाट मात्रै प्राप्त गरेको हो ।
अघिल्लो वर्षको वर्ष दोस्रो स्थानमा रहेको नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय यस पटक सान्त्वना स्थानमा पुगेको छ । गत वर्ष ७ स्वर्ण, ४ रजत र ३ कांस्य गरी १४ पदक जितेको नमुनाले यस पटक ४ स्वर्ण, ५ रजत र ७ कास्य जितेको छ।
विजेता बनेको नारायण मा।वि।ले गत वर्षको रनिङ शिल्ड यस वर्ष पनि आफ्नो पक्षमा पार्दै प्रथम ट्रफी पनि उचालेको छ। दोस्रो र तेस्रो बनेका विद्यालयले पनि ट्रफी पाएका छन्। पहिलो, दोस्रो र तेस्रो बनेका विद्यालयहरूलाई कुश्मा नगरपालिकाले नगद पुरस्कार स्वरूप क्रमशः ५१ हजार १ सय ११, ३१ हजार १ सय ११, २१ हजार १ सय ११ र ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन्।
सहभागीमध्ये आइबल एकेडेमीले १ स्वर्ण, जनता सुदर्शन मा।वि।ले २ स्वर्ण, सूर्यप्रकाश मा।वि।ले १ स्वर्ण, पूर्णेश्वर मा।वि।ले २ स्वर्ण र पञ्चकोशीले १ स्वर्ण हात पारेका छन्। सहभागीमध्ये ९ वटा विद्यालयले स्वर्ण पदक पाउन सकेनन्। पुस ११ र १२ गते कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि २६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए।
गत वर्ष प्रथम राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने बेलामा रनिङ शिल्डमा तीन पटकसम्म लगातार पहिलो हुने विद्यालयलाई शिल्डको स्वामित्व सहित नगद पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय भएको छ। यो निर्णय अनुसारको पुरस्कार प्राप्त गर्नका लागि आगामी वर्ष हुने तेस्रो राष्ट्रपति रनिङ शिल्ड पनि जित्नै पर्ने दबाबमा नारायण माध्यमिक विद्यालय छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive